पहिलो कदम राखेको
मर्मस्पर्शी र ममतामयी त्यो धर्ति
चुनौतीका माटाका डल्ला बोकेर
रंगिन दर्शनढुंगा टल्काउन्दै
मिलेका भन्ज्यांग र देउरालीमा
कर्यांग कुरुंग र दमै चरालाई
गाउन रमाउन लोव्याउन्थ्यो!
सुन्दर त्यही भूमिमा
सुन्दर त्यही भूमिमा
दर्पण हेर्न आहाल धाउने
म र मेरा संगीहरु
क्षुदा मेट्न एंसेलु र काफल निल्थ्यौं
तृष्णा मेट्न पानि अमला र पुरेनी मात्रै हैन
खंदायो र बेलौन्तिको सोलिनै
लाउथ्यौं
पाँचै बाजाको तालमा
टपरी तान्न लम्केको त्यो लर्को
टपरी एक दह जस्तो,
डल्ला फुटाउने झोलले नै जस्तो
डल्ला फुटाउने झोलले नै जस्तो
स्वाद मानी मानी छाला तानेको पनि हिजै जस्तो .
..............................................
न ति दिन रहे, न ति मन रहे
न रहे ति कान्ला र कन्दरा .
अस्ति जगल्त्याएको मेरो धर्ति
हिजो कुल्चिएको मेरो माटो
आज चिथोर्दै भित्ताका गुलाबहरू
के बाँकी रह्यो र हेरेर बस्नु ?
मेरो बिक्षिप्त अनुहार हेरौं या फुटेको ऐना हेरौं ?
ऐना फुट्यो , आहाल सुक्यो
गतिहीन नदी सुँगुर संगै स्वर्ग जाने जस्तो
सुस्त सुस्त नेटो काट्छ
सुस्त सुस्त नेटो काट्छ
गन्धै गन्धको बिचमा मैले मलाइ खोज्नै सकिन
त्यही खोज्न लुम्बिनी गएँ, बेगनास धाएँ
बागमतीको कुरै छोडौं
तिलिचोको दुर्दसामा अवाक भएँ.
.....................................................
कसौंडी बास आउला झिनुवा आउदैन
ऐंसेलु र काफल देख्दै देखिन
पिताम्बर जस्तो केरा रुच्दै रुचेन
जे खाए पनि सत्यनारायणको अपुंगो जस्तो
कुनै स्वादै भेटिन .
न जन्तिबाख्रो छ, न ताम्दानी
न छ सेतो आम्दानि
मनुष्य गोचर कि फुङ्ग कि दंग
मनुष्य कदमा के गर्नु
बात न सिंग न पुच्छर !
.......................................
जन्तिबाख्रे झोल होइन,
आलो रगतले सिंचेको मेरो माटो
छातीमा के राखें,
२०१२ को डिसेम्बर जस्तो
शिरा शिरा चिरा चिरा पो भयो
उपचारका डाक्टर कसाइ जस्ता
भाग्दा भाग्दै
धन्न आफैं जस्तो भेटें
बहिर्गमन च्यातें
कुच्चो र पन्जा उठाएँ ,
अहिले बोलि नबिक्ने तिनी र म
हाम्रै आँगनमा हाम्रो स्मारकका जग खन्दै छौं
अतितको यो स्मारक बन्छ बन्दैन थाहा छैन
तर ढुङ्गो मैले गाडी सकें,
मेरो अतित फर्किन्छ फर्किन्न थाहा छैन
तर अतितको स्मारकको नक्सा भने पक्का भो.
यसमा म हुन्छु हुन्न भन्ने के भयो
तर स्मारक भने पक्का भो
.................................................................
कसौंडी बास आउला झिनुवा आउदैन
ऐंसेलु र काफल देख्दै देखिन
पिताम्बर जस्तो केरा रुच्दै रुचेन
जे खाए पनि सत्यनारायणको अपुंगो जस्तो
कुनै स्वादै भेटिन .
न जन्तिबाख्रो छ, न ताम्दानी
न छ सेतो आम्दानि
मनुष्य गोचर कि फुङ्ग कि दंग
मनुष्य कदमा के गर्नु
बात न सिंग न पुच्छर !
.......................................
जन्तिबाख्रे झोल होइन,
आलो रगतले सिंचेको मेरो माटो
छातीमा के राखें,
२०१२ को डिसेम्बर जस्तो
शिरा शिरा चिरा चिरा पो भयो
उपचारका डाक्टर कसाइ जस्ता
भाग्दा भाग्दै
धन्न आफैं जस्तो भेटें
बहिर्गमन च्यातें
कुच्चो र पन्जा उठाएँ ,
अहिले बोलि नबिक्ने तिनी र म
हाम्रै आँगनमा हाम्रो स्मारकका जग खन्दै छौं
अतितको यो स्मारक बन्छ बन्दैन थाहा छैन
तर ढुङ्गो मैले गाडी सकें,
मेरो अतित फर्किन्छ फर्किन्न थाहा छैन
तर अतितको स्मारकको नक्सा भने पक्का भो.
यसमा म हुन्छु हुन्न भन्ने के भयो
तर स्मारक भने पक्का भो
.................................................................
No comments:
Post a Comment