Saturday, September 15, 2012

तीजको शुभकामना

आउन त सबै दिन बर्ष  दिनमै आउंछ,
तर तीज भने अली बढी नै आए जस्तो
बर्ष दिनको तीज त
बल्ल बल्ल आएछ जस्तो
घांस र दाउरा फाल्ने बित्तिकै आए जस्तो
दशैको पुनराब्रिती जस्तो
सिरमै लाउने सिरिफुल छोड़ी
उध्रेको चोली लाए जस्तो
साड़ी त पक्की हैन, झूल पो ओडे जस्तो
ब्रत बस्दा पानी मात्रै पो नखाने जस्तो
दर खादा खाँदै 366 दिनै  पुगला जस्तो
जे जस्तो भए पनि  यो तीजको शुभकामना!

ब्यंग कस्न गाईजात्रा नचाहिए जस्तो
मासु खान दशै नकुरे जस्तो
सेलरोटी  खान तिहार नभए पनी हुने जस्तो
तरुल खान माघे संक्रांति नै किन चाहिए जस्तो
लुत्तो फाल्न साउने सक्रांति नभए पनी हुने जस्तो
बह पोख्न पो तीज किन चाहियो र जस्तो
बह त भए पो पोख्नु जस्तो
समाबेशी बन्दै   गरेको  यो तीज
रतेली हो या  कीर्तन , तीज या भजन
अन्योलै  अन्योलको यो तीजमा
सबैलाई मेरो समाबेशी शुभकामना !
सबैलाई मेरो समाबेशी शुभकामना !



No comments:

Post a Comment

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...