असजिलोमा त सबै छन
जिउन भने सजिलो हुन्छ,
तर सजिलोमा जिउन
बहुत असजिलो छ,
॥
नदी छ, बिजुली छैन,
पानी छ, कुलो छैन ।
खेत छ, धान छैन,
भकारो छ, गोरु छैन,
बुहारी छ, छोरो छैन
पैसा रेमिट छ, तर काम छैन।
॥
कर तिर्नु भन्दा छलन सजिलो छ,
बिजुली ल्याउन भन्दा अंकुस लगाउन सजिलो
भ्रष्टाचार रोक्न भन्दा गर्न सजिलो छ,
देश बनाउन भन्दा छोड़न सजिलो
टायर बनाउन भन्दा पोलन सजिलो छ,
सुन्न भन्दा गफ हाँकन सजिलो
पढ्न भन्दा किताब पढाउन सजिलो छ,
किन्न भन्दा किताब लेख्न सजिलो
॥
अजबमा नभएको गजब को देश छ हाम्रो
जोडीन भन्दा टुक्रिन सजिलो,
बोक्रिन भन्दा खोक्रिन सजिलो छ,
र त हामी
नाकका मात्रै कुरा गर्छों,
बिचारा मुख भोको भएको सताब्दी भयो
न यसको बात छ, न रातो पिरो छ,
संगीको अनुहार स्याऊ जस्तो छ,
संगै हुर्केको बिचरो यो देशको मुख
ठाउँ न कुठाऊंमा चाउरी परेको
मुलाको गुन्द्रुक जस्तो छ।
बिहान उठने बित्तिकै हिमाल देख्न पाइयोस, घर गाउँ घुम्दा उज्यालो र खुसी हेर्न पाइयोस!
Subscribe to:
Post Comments (Atom)
Recent and most visited!
अनौठो कोरोना
ढुंगा खस्यो तलाउमा बुहान, मिलान अनि न्युयोर्कमा छरियो तरंग बिषाणुको अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...
-
हाम्रो धरती खै कस्तो कस्तो बरषै पिच्छे सरनै पर्ने जस्तो समुद्रको पिँध थियो त्यो, लेउ लागे जस्तो उठ्यो बन्यो कालापत्थर, हिउँ पर्यो सस्तो ...
-
मायामा लयालु अर्तिमा अद्भुत सुन्दरतामा अद्वितीय हेरचाहामा बेजोड पकवानमा अमुल्य! X X X , X X X X X सशरीर भेट्न नसके प...
-
I Wish a prosperous and very happy New year 2070 to all of my friends, relatives and well wishers. Lets wis...
No comments:
Post a Comment