काम कुरो एकातीर कुम्लो बोकी ठिमीतीर भने झैं, एउटा शीर्षक छ, कुरो कानी आफ्नै तालमा। केही अगाडी बिश्वब्यांक र यूएनडीपी को उपस्थितिमा बाताबरण मंत्रालयले बैकल्पिक ऊर्जा र कार्बन ब्यापार सम्बन्धी कार्यक्रम आयोजना गरेको थियो। हाम्रा मधेश तिरका मित्रले ऐन मौकामा भनी हाले "पहाडिया लोग हरदम माइक्रो हाइड्रो पहाड़में ले जाते हैन, ऐ सरासर बिभेद है। " तर्क तर्ककालागि गर्न थाले पछि यस्तै त होला भनेर हाँसो थामे। आज फेरी उस्तै उस्तै भयो।आजको बिषय थियो बताबरानीय परिबर्तन निति सम्बन्धी बार्ता एबम परामर्शमा फुल फूल्ने, रुख हेर्ने, ३० बर्षे तापक्रम रेकर्ड , नहर र नदी नियंत्रण सम्बन्धी कार्यक्रम त थिए नै, महिलाको नारा चर्कै उठ्यो। एक जना महिला आफ्नै बर्गको नारा बोक्दै बखान थालीन. कस्तो बिडम्बना भने महिला बाताबरणमै भिजेका हुन्छन पनि भन्दै गर्ने, बाताबरणमै काम गर्ने हुनाले दिमाग पनि तेजी छन है पनि भन्दै गर्ने र तिनिहरुलाई नै पैसा दिई सशक्त गर्नु पर्ने भन्दै थीइन। हिजोसम्म कास्मेटिक लगाउँदै हल्का हल्का काम गरेर कमजोर बन्दै गएका महिलाहरु बताबरणमै घुलेका भए त बताबरणीय प्रभाबले महिलालाई कम असर पर्नु पर्ने हैन? त्यसमा पनि असर उनीहरुलाई नै बढ़ी रे। केही प्रश्न सोधे शुद्ध महिला बिरोधी ठहरिने डरले केही सोध्नै भएन। अचेल त महिलाहरु बिरुद्धका कुरा सर्बजनिक ठाउँमा बोल्न पनि त हुन्न, नत्र आजिबन सत्रु नै घोषणा होला भन्ने डर। यो पनि ठिकै थियो, अझ बरता त एक अमुक ग्रुपका हस्ती जसै बोल्दै गए, अनि भन्दै गए यी बाहुन त हाम्रा बारेमा बोल्दैनन बोल्दैनन, यी एकै थरका महिला पनि किन हाम्रा जातका महिलाका बारेमा बोल्दिनन गांठे भनेर उनै तीर पो खनिन थाले। पृथ्बी तताउने ऊर्जाको खपत गर्दा हो, त्यसको छेउ छंदै कुरो कतै पनि छैन। ऊर्जा खपत गरे पछि निस्कने ग्यास हो जसले पृथ्बीलाई कुन दरमा तताउने भन्ने कुरो निर्धारण गर्छ. त्यसको कुरो कंथो कतै छैन, उल्टो हाली मुहाली चाही महिला, जनजाति, मधेशी, फुल, भुइचालो र मौसमका कुरा मात्रै। धन्न छ हाम्रो देश। अनि अब हाम्रा बुज्रुकहरूले यत्ति कुरा सुनेर निति बनाउने त होलान, अनि बिचरा मंत्री धन्यबाद पछि पनि नपढेर के गरुन त? यो देश यस्तै रफ्तारमा जाने हो भने गोडा ५० अई बर्ष यस्तै यस्तै मनगढन्ते हुने पक्कै भयो जस्तो लाग्न थाल्यो।
बिहान उठने बित्तिकै हिमाल देख्न पाइयोस, घर गाउँ घुम्दा उज्यालो र खुसी हेर्न पाइयोस!
Subscribe to:
Post Comments (Atom)
Recent and most visited!
अनौठो कोरोना
ढुंगा खस्यो तलाउमा बुहान, मिलान अनि न्युयोर्कमा छरियो तरंग बिषाणुको अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...
-
छोटो मन्तब्यका साथ रसिक उपस्थित बिद्यार्थी, अभिभाबक र पाहुना फेरी पाहुना र शिक्षक मिति - २०६७- ०६- ३० स्थान- बिज्ञान प्रा. बि.,हर्मि-८, गोरख...
-
नेपाल फर्केको पनि बर्ष दिन नाघी सक्यो। यो समय खन्डमा समाजको चिर्फार गर्दा सामाजिक चेतना नबढेको भनी हाल्न पनि मिल्दैन , बढेको छ ...
-
Interaction program of Prime Minister Dr. Baburam Bhattarai with Scientists and Technologists In the context of successful comple...
No comments:
Post a Comment