Friday, May 28, 2010

बांदरको हातमा नरिवल

जनताले आफ्नो भाबना मुखरित गर्न ठुलो बलिदान गरेर ल्याएको संबिधान सभा भकुंडे भिरको डिलमा प्राण पखेरू उडाउने कि त्राण हालेर फर्कने भन्ने मूड्मा जसले चुनाब जित्यो अहिले पाखामा जसले चुनाब हार्यो उपदेश सहित कुर्चिमा बिराजमान । हुंदा हुंदा प्रजातंत्र को माला जप्दै जे गरे पनि हुन्छ भन्ने गिरिजाको लिगेसी बोक्दै के पि ओली माधब नेपालको रुपमा नाटक गर्दै छन। कतिपय बिदेसी पाठ्यपुस्तकमा समेत गौतम बुद्धको जन्म थलो भारत भन्ने दुस्साहस गरे पनि टाइम्स अफ इंडियाले समेत बुद्धको देशम समेत नेता नमिलेर अशान्तिको मार्गमा जांदै भन्दै इंगित गर्दै थियो। एक प्रकारको स्वीकारोक्ति। २५५४ बर्ष सम्म न्याय अन्याय हेर्ने जिम्मा लिएका गौतम बुद्दको हिजोको जन्मदिन कति सार्थक हुन्छ त्यों थाहा छैन, तर मलाई लाग्छ यी नेताहरूलाई देख्दा यी आंखालाई पनि पट्यार लागेको होल़ा, यिनै आँखाको फेदमा आएका मकुनेलाई देख्दा यिनले मुसुमुसु हाँस्दै भन्दै थिए बांदरको हातमा नरिबलयिनले नरिबल खाँदै छन या सुपारी, त्यसले कुनै तात्विक फरक पार्देन तर एउटा कुरा पक्का हुँदै गयो न बज्यो बांसुरी न रह्यो बांस।

7 comments:

  1. very impressive,keep your writings, nikai nai samya sandharvik cha

    ReplyDelete
  2. Very well Said Rabindrajee.
    Jibaraj

    ReplyDelete
  3. so sweet
    salam tapai lai,malai ta impress nai garyo tapai ko partibha le thankyou so much

    ReplyDelete
  4. coooooooooooooooooooooooooooool

    ReplyDelete
  5. Thanks Jibji, Saritaji and Maheshji and anaamji for commenting it. it is being more reflected by the situation ahead as this posting suggests.

    ReplyDelete
  6. हत्यारा प्रचन्डे लाई कसैले राजिनामा दे भनेको होइन आँफै लाज लागेर दियको हो, अनि उसैले हामी सन्बिधान बनाउन दिदैनम् भनेको होइन र, साचो कुरा गरम् न रबिन्द्र डा साहेब्, माओबदि को पुछर् नबनौ न हो

    ReplyDelete
  7. anonymous ji,
    haina mitra, hami chhatti ma hat rakhera sochaun ta hatyara prachanda matrai ho ki tatkalka neta pani hun? yuddama kasaile balidan gare, they are still ignored, but those killed by maoist are already declared martyr, most of them are never devoting their life atleast to the nation.
    if Prachanda resigned from the post, there are other so called democratic leader who has peoples` mandate.madhav Nepal told that it was not his agenda. Then waiting him for another 12 year in this PM post will not yield anything better. I dont see any wrong to have sahamatiya sarkar. asa garou this last effort would go for betterment.

    ReplyDelete

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...