आजकल हरित पदार्थको खेती रसायन बिज्ञानमा निकै नै फस्टाउँदै गएको छ, जानु पर्ने त पहिले नै थियो ढिलो भए पनि सुरु त भएको छ। यसैमा चित्त बुझाउनु पर्ने छ। यो बिज्ञान नै पदार्थको बिज्ञान भएको हुनाले बनाउंदा हरित तरिकाले बनाउनु पर्यो, प्रयोग गर्दा पनि हरित तरिकाले नै प्रयोग हुनुपर्यो र थोत्रिए पछि पनि हरित तरिकाले नै भष्म पार्नु पर्यो या पुनर्प्रयोग गर्नु पर्यो। यो हरित भन्ने बित्तिकै स्वनिर्भर र खतरामुक्त या कम खतरायुक्त हुनुपर्यो भन्ने बुझिन्छ। हामी यस्तो संघार उभिएका छौं , जहांबाट समाजलाई चाहेरै पनि हरित बनाउन सकिन्न। त्यों चरण हामीले पार गरि सक्यौं। अब मोरीहत्ते गरे पनि त्यों बाटोमा जानै सक्दैनौं। गर्न के सक्छौ भने कम रातो प्रक्रिया अपनाउन भने सक्छौं। त्यों अमेरिकाले ट्याग गर्ने खतराको सुचकको जस्तै रंगलाई आधार मानेर भन्दा रातो, सुन्तला या हरित समाज भन्न सक्छौं ।
समाज बिकासको चक्रलाई हेर्ने हो भने अफ्रिकाबाट ठड़िएका लंगुरहरू कार्बन्डाइअक्साइड नफाली युरोप, एसिया हुँदै संसार छरिए। अहिले हामी कोन्फेरेन्सको लागि, बहिनीको बिहेको लागि अझ कहिले काहीं भान्जाको पास्निको लागि कति ग्लोबल वार्मअप गराउंदैछौ? हामीले अथाहा भण्डार भएको तेल सकेर अब बनस्पति निचर्दै गाडी दौडाउने होडमा छौं। आमाको लाम्टो चुसेर भएन, बाउको घुंडा चुसेर कहिले सम्म हुने हो कुन्नि? ठिमाहा गाडी बनाउंछौं, केही बिग्रियो भने प्रत्याह्वान गर्छों, अनि फेरी हरित समाजको सपना बांडिरहन्छौं।
१९७० सम्म आस्बेसटसलाई अति सक्षम निर्माण सामाग्री सम्झ्यौं, अहिले ठूला ठूला महललाई ठाकुरहरुको भुत बंगला जस्तो बनाएर छोडेका छौं, न छुन हुन्छ, न भत्काउन हुन्छ, काउसो भन्दा डरलाग्दो।
घर बनायो, कारपेट राख्नु पर्यो, सस्तो खोज्यो पिभिसी पर्ने डर, महँगो सबैको पहुँचमा पुग्दैन। अनि फेरी समाज राताम्यै। पिभिसी बनाउंदा, चलाउंदा र पोल्दा जे गरे पनि अर्बुद रोगको डर । त्यही पाइपले ल्याएको पानी खान पाएर जुंगाको ताऊ लाउने जिम्माल, मुखिया, र सामान्य जनताहरू बिस्तारै अर्बुद रोगको पोको बोकर मिठो निद्रा निदाउंछन।

कतिपय नयाँ आबिस्कारले हामीलाई लामो आयु दिएको छ, भए गरेका र सम्भाबित हानिकारक र प्रदुषित रसायनबाट जोगाउन यथेष्ट जानकारी त दिएको छ। र त्यों भन्दा बढी, जे भए पनि बाँचिन्छ भने भरोसा दिएको छ। तर अफसोच गरीबीको फाइदा उठाउँदै धनि देशहरूले पुनर्प्रयोगको लागि भनेर बिग्रिएका या पुराना मोडेलका हानिकारक बिधुतीय र बिधुतजन्य उपकरण तिनै गरीब देशहरुमा पठाउने गरिएको छ। यसो गर्दा ती मजदुरहरू सामान्य सुरक्षाकबच पनि प्रयो गर्दैनन: मजबुरिका नाम महात्मा गाँधी। आफ्नो अर्थ धरासायी बनाएर न अमेरिका गल्छ, न DuPont ले नयाँ जैबिक तेल नै बनाउंछ न हाम्रा गाऊं घरका निमुखा किसान र मजदुरहरूले त्यस्ता हानिकारक काम गर्न छोडुन ? हुन त जति धनाढ्य भए पनि तेहि पुर्बाधारमा बसेपछि हामी सबै नै हरित समाजबाट बिमुख नै हुन्छौ। केही नभएको गाउँमा समेत बिकासको नाममा बिसाक्ति भित्रिदै छ, पिभिसी पाइप, बाल्टी, सस्ता ग्लास अनि केटाकेटिका सस्ता खेलौना। तर शहर त राताम्यै भैसक्यो।
अब कुरा आउंछ, के हो त हरित बिधि भनेको र के गर्न सक्छौं त हामी ? प्रकृति प्रदत्त पदार्थको अधिकतम उपयोग गरेर सके सम्म थोरै लागतमा अनि कम हानिकारक प्रक्रियाबाट उत्पादन गरिने बिधिलाई हरित बिधि भनिन्छ। यसले प्राकृतिक सम्पदाको जगेर्ना र जनजिबनको सुरक्षालाई बढ़ी ध्यान दिने गर्दछ। यसैले हामी पनि काठमांडूको फोहोरबाट पदार्थ या शक्ति निकाल्न सक्छौं। पोलिथिनका ब्याग बतुलने केही बच्चाहरु र थोत्रा कागज़ अनि पुराना शीशी बटुलने मित्रराष्ट्रका केही मनुष्य बाहेक जम्मै हामी ल्यान्ड्फ़िल भर्ने फिलर भएका छौं। सरकार त अकर्मण्य छ नै, हामी आफु पनि केही कम छैनौं। नेताका कुरा काटन माहिर छौं, तेहि भएकामा गर्ब गर्छों। अनि आफुले आफ्नो कर्तब्य पूरा गर्दैनौं। हामी सजिबन रोपर तेलमा परनिर्भरता कम गर्न सक्छौं, आम्रिसो रोपेर एथानोल निकल्न सक्छौ, केराको बोक्रा र उखुको खोस्टाबाट सिधै जैबिक डिजेल निकाल्न सक्छौं। हामी आत्मा निर्भर हुँदै बैज्ञानीक समाजसँग नजिकिंदै गयोउँ भने हाम्रो समाजलाई भने हरित बनाउने अती स्वर्निम मौका छ किनकी हामी अरुजती प्रदुशित भैसकेका छैनौं। हामी अभागि यस कारण्ले छौं कि हामी बिकासमा ज्यादै पछी परेका छौं तर भाग्यमानी यस कारणले छौं कि हुँदै गरेको प्रबिधी भित्र्याएर हाम्रो बातबरणलाई जोगाउन सक्छौं।

प्रकृति प्रदत्त पदार्थको अधिकतम उपयोग गरेर सके सम्म थोरै लागतमा अनि कम हानिकारक प्रक्रियाबाट उत्पादन गरिने बिधिलाई हरित बिधि भनिन्छ। यसले.
ReplyDeleteसमाजसँग नजिकिंदै गयोउँ भने हाम्रो समाजलाई भने हरित बनाउने अती स्वर्निम मौका छ किनकी हामी अरुजती प्रदुशित भैसकेका छैनौं। हामी अभागि यस कारण्ले छौं कि हामी बिकासमा ज्यादै पछी परेका छौं तर भाग्यमानी यस कारणले छौं कि हुँदै गरेको प्रबिधी भित्र्याएर हाम्रो बातबरणलाई जोगाउन सक्छौं।
ReplyDeleteI think this is among the most significant info for me.
ReplyDeleteAnd i am glad reading your article. But want to remark on few general things,
The website style is wonderful, the articles is really excellent :
D. Good job, cheers
Feel free to visit my website site