१। कार्बन्डाइअक्साइड को उत्सर्गन, जसको कारणले लामो समय सम्म ताप समाती राख्न सक्छ
२। न्युटनले भने झैं तातोबाट चिसोमा ताप सर्ने प्रक्रिया, जसले ३७ डिग्रीको तातो शरीरबाट कोठामा तातो फाल्दछ।
यो त भयो सानो एउटा कोठाको अनुभब। तर बास्तबिकता त पृथ्वीसंग पनि मेल खान्छ नै। यसको केसमा पनि यी दुबै प्रक्रिया लागू हुन्छ। कैयौं बनस्पति नास गरेर अहिले ६.८ अरब मान्छे बसिराखेका छन, तिनलाई खुवाउन हजारौं फ़ार्महरु छन जसले तातो मात्रै फाल्ने हैन, कार्बनडाईअक्साइड , अमोनिया, नाइट्रोजनका भष्महरु (NOx) र अरु ताप बोक्न सक्ने पदार्थ बाहिर फाल्दछन अनि अन्तत्वगत्वा पृथ्वी फेरी तात्दछ। एउटा सानो उदाहरणको लागि तलको चित्र हेरौं त! पृथ्वी अरु १-२ डिग्री तात्दा बिरुवामा भएको सजिलै बास्पिकरण हुने जैबिक पदार्थहरू (VOP) पनि बताबरणमा मिसिन्छन अनि पुन उतष्णता थप्ने काम गर्दाछ। NO लाई भष्म गर्ने या मिथेन र कार्बनडाईअक्साइड उत्सर्गन गर्दै अरु तातो बनाउने निर्क्योल गर्दछ यो अध्ययन । तर यसले एउटा अर्को काम पनि गरेको छ उष्णता घटाउने, तर यो चित्रमा देखाए जस्तै यो मात्रा आंफैमा अपुग छ ।
हामीलाई थाहा भैसक्यो कि अब २५(२०३५) बर्षमा नै हिमालयको हिउं आधा सकिने, हिमालय सुख्खा हुने जून कुरा आयो, त्यों समयसीमा ठीक भएन भनेर स्विकारीयो पनि। तर हामीलाई त्राहीमाम पार्ने अनि त्राशदी दिनेलाई टोयोटाले कार रिकल गरेजस्तो अरु कुनै प्रतिक्रया दिइएन, कस्तो हाइसंचो। साएद कुनै एसिएनले यस्तो भबिस्यबाणी गरेको भए अयौनिक सेलबाट सेल उत्पादन गरें भन्ने कोरिएन प्रोफेसर ह्वांगको नियति पो भोग्न पर्थ्यो होला। सुद्दिपत्र जारी गर्यो सेलायो। तिन अरब मनुष्यको मनमा पुगेको मानसिक उद्बेग कसले देख्ने? अनि भन्न थाले हामीले भने झैं किन पृथ्वी तातेन।
मेरो छोटो अनुभव
२००७ सालमा ६० बर्ष पछि हिउं पर्यो काठमांडूमा, म बिना तयारी काठमांडू पुग्दा बिमानस्थलमा काम्न पर्यो। अनि भोलिपल्ट देखिको यात्रामा मैले कहिले नदेखेको तुवांलो देखें, थानकोट बाट हेर्दा पहिले बेनीघाट देखिन्थ्यो, त्यों बेलामा नौबिसे देख्न गार्हो भयो। कारण थियो एरोसोल। जताततै बिना नाप नक्साका भोटै तान्न तानिएका धर्का जस्ता धुले बाटो। एउटाको बारी जोगाउन अर्काको बारिबाट लगे पनि हुने, घुम्ती पनि डोजर हिंडे हुने गरेर देशै भरी खनिएका धुले बाटोले देशै भरी धुलो उडाएको छ, अनि लाग्दैन त तुवांलो? अनि यो कचौरा जस्तो काठमांडू बिचरा एसियाको प्रदूषित शहरमा पर्ने भयो तेहि एरोसोलले। घाम कि छिर्न नदिने कि आकासै तीर फ़र्काइएदिएपछि कम तातो त हुने नै भयो। के यसरी नै हामी सेलाउँदै त छैनौं? हुन त ग्लोबल समिटले पनि बैज्ञानिकले प्रक्षेपण गरेको दरमा पृथ्वी नतात्ने कारण पनि यसैलाई मानेको छ। अब हाम्रो देश मात्रै सेलाएर पनि भएन, सेलाउन भनेर धुलो उडाउन पनि भएन, कालो पत्र नथपुन्जेललाई यस्तै धुलाम्य आकाश त होला है हाम्रो?
न मेलाम्ची आउँछ, न इनार रसाउंछ, न ढुंगे धारा पगलिन्छ, न हाम्रा नेता सुध्रिन्छ्न, न पृथ्वी सेलाउंछ, कस्तो अकरणै अकरणको जालो हो यो?

I think that if we continue with the pollution on earth, soon all this wont matter, because there will be no planet, so we need to make a change before is too late.
ReplyDelete