हिमालमा हाँसेको मेरो देश
नदीमा किन रुन्छ खै?
पहाडमा लमतन्न सुतेको मेरो देश
तराईमा किन छ्ट्पटिन्छ खै?
गाउँमा निर्धक्क डुलेको मेरो देश
शहरमा किन बेपत्ता हुन्छ खै?
पुरुषमा गोरखाली बहादुर बनेको मेरो देश
स्त्रिमा अंश खोज्दै किन रुन्छ खै?
हरियो बनमा धन देखने मेरो देश
स्याउलामा किन गोली हान्छ खै?
हाबा पानी र माटोमा राजनीति गर्ने मेरो देश
हारेर शासक किन बन्छ खै?
बैद्य र बुटीमा औषधि खोज्ने मेरो देश
मक्का र मदीना किन जान्छ खै?
कूटो, कोदालो, हलो, जुवा, ढिकी र जांतोमा सुस्ताउने मेरो देश
पांग्रा किन पोल्छ खै?
बिद्या लिन भिसा किन्ने मेरो देश
घरमै तिरो तिर्दा किन रुन्छ खै?
सदा स्वाधीन र स्वतन्त्र तिलिचोमा जम्ने मेरो देश
नोकर फेर्न पनि छिमेक किन जान्छ खै?
सगरमाथामा अग्लिने मेरो देश
रातो दरबारमा किन निहुरिन्छ खै ?
सगरमाथामा अग्लिने मेरो देश
रातो दरबारमा किन निहुरिन्छ खै ?!
बिहान उठने बित्तिकै हिमाल देख्न पाइयोस, घर गाउँ घुम्दा उज्यालो र खुसी हेर्न पाइयोस!
Subscribe to:
Post Comments (Atom)
Recent and most visited!
अनौठो कोरोना
ढुंगा खस्यो तलाउमा बुहान, मिलान अनि न्युयोर्कमा छरियो तरंग बिषाणुको अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...
-
छोटो मन्तब्यका साथ रसिक उपस्थित बिद्यार्थी, अभिभाबक र पाहुना फेरी पाहुना र शिक्षक मिति - २०६७- ०६- ३० स्थान- बिज्ञान प्रा. बि.,हर्मि-८, गोरख...
-
नेपाल फर्केको पनि बर्ष दिन नाघी सक्यो। यो समय खन्डमा समाजको चिर्फार गर्दा सामाजिक चेतना नबढेको भनी हाल्न पनि मिल्दैन , बढेको छ ...
-
Interaction program of Prime Minister Dr. Baburam Bhattarai with Scientists and Technologists In the context of successful comple...
वा वा वा , ज्यादै मन छुने कविता लेख्नुभएछ ।
ReplyDeleteReality ma adarit, ramro lagyo
ReplyDeletebalami ji and anam ji, thank you for appreciation.
ReplyDeleteत्यही नोकर फर्ने काम आफूवाट नभएर त होलानी हाम्रो देशको नेताहरुको दिमाख भुटिदिएको र नेपालको ब्यबास्था र रीतीमाथी यो प्रहार गरेको। कसैको दोषनै छैन जो छन् सबै आफ्नै लागि गरेका छन्। कबिता राम्रो लाग्यो।
ReplyDeleteनिकै राम्रो कविता लेख्नुभएछ रबिन्द्र जीले ।
ReplyDelete"सगरमाथामा अग्लिने मेरो देश
ReplyDeleteरातो दरबारमा किन निहुरिन्छ खै
निकै मन छुने हरफ!!
मेरो देश किन हो कुनी यस्तै छ, भासनमा गर्ब गर्छ, आसनमा शरण पर्छ. यहाहरुलाई पनि यस्तै त लाग्छ होला. प्रतिक्रियाको लागी धेरै धेरै धन्यबाद.
ReplyDelete