Sunday, December 6, 2009

हाँगा भयो गिंड

त्यों बुढो रुख,
मक्किएको जिउ
जसो तसो ठाडै थियो
एक्कासि गर्ल्याम गुर्लुम ढल्यो।
सिकर्मीको बसिलामा उसको केहि चलेन
जीर्ण त्यों शरीर
बंचरोको धारमा रुनु बाहेक केही रहेन,
इतिहासको कुत तिर्दै, नसा सुकाउँदै
जिन्ग्रिएको बिचरा त्यो बुढो रुख

मुर्झाएका पात, लोलाएका हात बोकेर
सद्दाम झैं ऐले
पटांगिनीमा लम्पसार पर्यो।
हुक्का तान्ने काजि कछाड तान्दै,
असिन पसिनका जुँगा मुसार्दै गर्जंदा भए
सिकर्मी र डकर्मी लाखा पाखा लागे

औताली को बिर्ता
काजी यो खाम की त्यों खाम भए
सातो गयो, स्वाँ स्वाँ बढ्यो
धामी आए, झाँक्री आए, झारफुके आए,
सेबक आए, पीडक आए, पिडित आए,
बाहान आयो
टुक्रा टुक्रामा त्यों बुढो रुख
बाहानमा सबार भयो।
अब त आयो भनेको
भागबण्डामा तन्द्र्यांग तुन्द्रुंग पो भयो।
बुढो त ढल्यो ढल्यो
न नयाँ फुच्चे सर्यो
न बनस्पति रह्यो, न खाट भयो
के भयो यो?
रातो साडी र बुलाकी कुरेकी कजिनी
आँखा कै ओछ्यानमा भुसुक्कै निदाई।
जुँगा ताउ लाउने काजीबा`
हीनताको हुक्का तान्दै बसे
गन्ध रहित श्वेत हुस्सू फुसफुस पार्दै बसे।
फल्दै गरेको रुख ढल्यो
भागबन्डामा आँगन आँगनमा हाँगा गड्यो
गाडेर के भयो ?
सार्दा हाँगा सारेको
अहिले गिंड भयो!!!

3 comments:

  1. निकै राम्रो कविता । अबका पोष्टहरुमा पनि यस्तै पढ्न पाइयोस् ।

    ReplyDelete
  2. I just like the helpful info you supply on your articles.
    I'll bookmark your weblog and take a look at again right here regularly. I am relatively certain I will be told lots of new stuff proper here! Best of luck for the next!

    Also visit my webpage cams

    ReplyDelete
  3. Wow, awesome weblog layout! How lengthy have you ever been running a blog for?

    you make running a blog glance easy. The total glance of
    your web site is wonderful, as well as the content material!


    Here is my webpage: retailer homepage

    ReplyDelete

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...