Thursday, December 10, 2009

ग्लोबल वार्मिंग र नेपाल

फराकिलो आकासका चिम्सिएका ताराहरू
लाबा लस्करमा उभिएका ती पिण्डहरू
छातिमा सुइरो रोपेर बिस्फोटको पानी उमालिएको चन्द्र संगै
तेलै तेलमा छड्किएर उम्लन पर्खेर बसेको निम्सरो यो धर्ती,
मानब अतिक्रमणको पर्खाइमा
पिलिक पिलिक गरिरहेछन।

अब पालो कसको भन्दै यम पनि
भद्रकालीको तेलको लाइनमा उभिइरहेछ,
शनि बिचरा YCL झैं टाउकामा कफ़न बांधेर
टायर बोकेर हिन्दैछ,
चन्द्रमा एपोलो सम्म त ठिकै थियो
आए भेटे गए
सम्झानाको एक मुठी माटो बोकर लए,
अहिले त छातीमाँ लात हान्ने मानब देखेर
गिरिजा झैं सिंगापुर जाउँ की हस्तिनापुर हुँदै
अहिले बायु मास्कको ICU मा छ।

बिचरा जसरी पनि हारेको यो धर्ती
बाटो
खने पनि हारेकै ,
कारखाना खोले पनि हारेकै छ,
माधब जस्तो कहिले मुलपानिमा गीत गाउँछ,
कहिले कालापथरमा मुर्मुरिन्छ,
नांग्लेभारे र गौरमा हारे जस्तै
क्योटो र कोपेनहेगेनमा निन्यौरो पर्छ।
बुश भन्दा अहिले २० को १९ भन्दै
उत्तर चिरफारको सैयामा
ब्राज़ील, हिन्दुस्तान र चिनियाको
मुख तीर पल्याक पुलुक गर्दै छ।

आमूल परिबर्तनको झोली बोक्दै
त्यों लाम पुछ्रे तारा
दारी पालेर रुकुम , दारी फालेर नबमुकाम अनि
नामै नाम खोल्तिमा बोकेर हिड़ने प्रचण्ड जस्तै
नब सौर्यमन्डल बनाउने दाउमा नेबुला खोज्दै छ,
तर,
२२ तीर टुँडो फर्केको त्यों तारा मंडल
खाऊं कान्छा बा, नखाऊं दिन भारीको करामत जस्तो
रुम्जाटारको राजमार्गमा चक्काजाम गरिरहेछ,
न राशीय संघ दिने
न तापै दिने
पाए उल्कापात गर्ने,
नपाए लाम्पुछ्रेको रापमा हराउने
केही न केहीको, कहिं न कहिंको
घामको छहारीको ४ ओटा तारा जस्ता छन,
न पृथ्वी तातेको चिन्ता तिनलाई,
न पृथ्वी बनेको सुर्ता यिनलाई,
भत्ता आए भयो
चाहे कालापत्थरमा आओस
या कोपेन्हेगेनमा आओस
जसरी आए पनि आओस,
तर आओस,
पृथ्वी ताते पनि आओस, सेलाए पनि आओस
जसरी आए पनि आओस,
तर आओस

(फोटो साभार - http://air2aircorp.net/cms/images/global-warming2.ज्प्ग)

4 comments:

  1. Nikai ramro ani chotilo !!!

    ReplyDelete
  2. man paraidinu bhayekoma thank you anam jyu.

    ReplyDelete
  3. I like this very much! The theme is so relevant and good. Ani yosto pani ta theme huna sakchha ni, hai! Wonderful!!!
    -Sushama

    ReplyDelete
  4. I think this topic is very interesting because the theme is something that many people are interested in all over the world because it affect us direct or indirectly.

    ReplyDelete

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...