Monday, November 30, 2009

मुर्झाएका फुलहरू

पाखाभरी छरिएका ज्वतिहरूमुस्कुराउँदै हुर्केका ती बत्तिहरू
रस चुस्दै यौबन सांधेका थुंगाहरू
शीत निल्दै उघ्राएका बुच्काहरू
मिसाइल हान्न तम्तयार तीबुटाहरू
किन हो कुनी अचेल त त्यसै त्यसै
यौबन निचरेर
उत्साहा उग्ल्याएर
चाहना भुत्ल्याउँदै
बगरमा लम्पसार पर्दै छन।
अकासिएको महत्वकांक्ष्य बोकेर
खानिको काममा हिंडेकी त्यो कोपिला
झान्क्रो फिजाउँदै
शारणार्थिको बिल्लामा
अध्यागमनमा सुस्ताउँदै गरेको पो देखेँ ।
सपनाको बजारमा
स्वाभिमानको लीलाम गर्दै ओइलाएका
ती गुलाब, सयपत्री, चमेली,
गुराँस र गोदाबरीका थुँगाहरु
पात खुइलिएको त्यों जिख्रो बोटमा
उध्रिँदै गरेको यौबन बोकेर
आँखा भरी पाखो टांसी
पिलिस पिलिसको शीतमा
सकी नसकि हाँसेको देख्दा
त्यों मुर्झाएको फुल हेर्दा
म भित्रै दरौंदी पो टुसायो ।

No comments:

Post a Comment

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...