Friday, August 21, 2009

तीजका गीतको महात्म्य

गीत भन्ने कुरा सुर न तालसंग बज्ने या फुर्ने कुरै भएन। गीतका साथी अनेक थरी हुन्छन्, यसका हितैषी साथीभनेको बाजा नै पर्यो, जो ठाउं अनुसार फरक हुन्छ, मादल होस या बांसुरी, मुर्चुन्गा होस या सनाइं, गिटार होस याहारमोनियम, झ्याम झ्याम बजाउने कसौंडी जस्ता ड्रम सेट वा झुर्मा। आफ्नो बाबुको सीमा रेखालाई नाबिर्सने होभने भजन, झ्याउरे, सोरठी, लोक गीत अनेक होलान तर मैले उठाउन लागेको तीजको गीत। यसको बिज्ञान हेर्ने होभने अरु जस्तै उभयलिंगी नभएर यो स्त्रीलिंङ्ग बर्गमा पर्छ। कस्तो अचम्म, कुनै गीत छ त यो दुनियामा यस्तैलिङ्गीय बिशेष गीत?
महिला बर्ग भित्र पनि बिशेष गरि बुहारी बर्गमा बेस्सरी भिजेको यो गीत ज़माना अनुसार परिबर्तन पनि हुँदै गएको छ। गीत प्राय जसो माया पिरती का हुन्छन्, तर यी तीजका गीत या त आफुले पाएका बुहार्तनका कथा या काटिने कुरा धेरै हुन्छन्। त्यसैले अहिले यो चाड कुरौटे चाड जस्तो लाग्छ। सासू ससुरा, नन्द, देबरको कुरा काट्नै समर्पित यो चाड हदै पुग्यो भने भाउजुको सम्म कुरा काट्न पुग्छ तर कहिल्यै पनि दाजुको कुरा र आफ्नी आमाको कुरा कहिले काट्दैनन।
संयुक्त परिबारसंग बसेर बनाइएका यी गीत अचेल धेरै अप्रासंगिक भैसके, तेसैले फेरी आफ्नै श्रीमानका कुरा काट्न ब्यस्त छन हिजो आजका गीत।
http://www.youtube.com/watch?v=Nral5g1hhIE
र
http://www.youtube.com/watch?v=Rr2W3HGFbrg&feature=रेलातेद

धेरै कुरा काटियो की भनेर होला यस्ता गीत पनि छन छन त :

http://www.youtube.com/watch?v=aFPOB-5N2y8&feature=PlayList&p=F85328F6CA447EFD&index=61&playnext=2&playnext_from=PL

हुंदा हुँदै बिहे गर्न बेला हैन अबेला भैसकेका भकाका केही गीत पनि छन

http://www.youtube.com/watch?v=q33tnhr05tg

र उभएलिंगी बनाउने प्रयास स्वरुप यस्ता गीत पनि छन।

http://www.youtube.com/watch?v=PG6qbKHCq3g

यही मौकामा समाबेसी बन्दै गएको तीजमा संपूर्ण महिला हरुलाई ह्याप्पी तीज।

2 comments:

  1. nice thoughts. nice videos links. dashain is nearing so happy dashain.
    watch some great nepali videos at http://www.clonevideos.com and share yours as well.
    enjoy !!

    ReplyDelete
  2. Thank you for your complimentary comments. happy dashain to you too. please keep visiting, I will try to be regular on it to express my thought.

    ReplyDelete

Recent and most visited!

लाङ्टाङको पाप्रो, लियो हाम्रो छाप्रो!

  लाङ्टाङको पाप्रो , लियो हाम्रो छाप्रो!   तिब्बतको त्यो पखेरो , सुरु भयो दुखको दिनगन , रसुवा , नुवाकोट र धादिंग , पुग्यो गोरखा अनि चितवन । ...