हामी धेरै लामो समयसम्म एक छत्रीय राजनीतिबाट निर्देशित भयौं, हामी एक देशका भन्दा पनि एकाघरका प्राणी भयौं, किनकी हामीले राज्यको हिस्सा नै पाएनौं। हाम्रो बिकास र प्रगति ब्यक्तिगत हुन पुग्यो, घरले रूप फेर्दै खर, झिंगटी, टिन, ढुंगाको छानो हुँदै आरसीसी सम्म मात्रै आयौं, तर ओरिपरीको बिकास भने आफुले नगरेर समयले लिएर आयो। अरुको इतिहासको किताब हाम्रो लागि बर्तमान भएर आयो। अरु देशमा संग्रहालयमा राखिएका पुराना सामाग्रीहरु हाम्रा अझै सहारा बनिरहे। हामीलाई सानो हुन पनि मन लाग्दैन, सानो पो किन हुने? सागरमाथा हामी संगै छ, गौतम बुद्ध हाम्रै घर आए, भीमकाय हिमालय हामी संगै निदाउंछ, थरी थरीका बन्यजन्तु र बनस्पति हाम्रै आगनमा खेल्छन, बढ्छन। हुंदा हुँदै हामी नगरेपनी हुने कुरामा समेत घमन्ड गर्न थाल्यौं। एक दलीय शासन फाल्यौं, प्रजातंत्र ल्यायौं, अनि बनेको सम्बिधान संसार भरीको राम्रो भनेर डम्फु बजायौं। बर्षौ सम्म थिचिएर रहेका कही नयाँ बर्ग पुरानालाई प्रतिस्थापन गर्न कम्मर कसेर लागे। उनीहरुकै अग्ला घर र चिल्ला गाडीले सहर केही त परिबर्तन भयो, तर गाऊं उस्तै। अनेक प्रयास भए, बिद्रोह भयो, भनिएका मालिक हरु ब्रिद्धाश्रम जान बाध्य भए, रगतले कसैको जिउ रिष्ट पुष्ट भयो, कसैको दारा रंगीए, कसैको खल्ति च्यातियो। अनि सुरु भयो नयाँ अध्याय नयाँ नेपालको। मान्छे उही, आँखा उही, गोही र बकुल्ला उस्तै ध्यानमा, अनि के बन्छ नयाँ? नयाँ बनाउन पुरानो केही त छोड्नु पर्यो नि। न कमीशन छोड्न मन लाग्छ, न कुर्चि बुझाउन मन लाग्छ। बरु उल्टो जीबन जलमा ठग्न मन लाग्छ, बाढीमा तैरिन मन लाग्छ, नैतिकता सन्दुसमा राखेर चर्को भाषण गर्न मन लाग्छ। अनि सोचौं कसरी बन्छ नयाँ नेपाल? नयाँ नेपाल बन्न त परिबारबादबाट बाहिर निस्कनु पर्छ, कुर्चिमा उक्लिने र ओर्लने समयको भेउ पाउनु पर्छ, कनिका हैन नियमित चारा बटुल्नु पर्छ, फुर्सदको समयमा पार्टी फुटाउने हैन, मनांग, डोल्पा, दैलेख र संखुवासबा डुल्नु पर्छ, अनि बन्छ नयाँ नेपाल। एक चोटी नेताहरु प्रति बिश्वास जाग्यो भने, क्यारेम बोर्ड र दहरमारा खेल्ने सबै जनता गल, घन र गैंची बोकर घर घरबाट निस्कनेछन आम मानिसहरु। अब हामी नयाँ पुस्ताले राजनीति नै छोडेर पुराना नेतालाई धुब हाल्न भन्दा कान समात्ने अभियान पो सुरु गर्ने कि ?
बिहान उठने बित्तिकै हिमाल देख्न पाइयोस, घर गाउँ घुम्दा उज्यालो र खुसी हेर्न पाइयोस!
Subscribe to:
Post Comments (Atom)
Recent and most visited!
अनौठो कोरोना
ढुंगा खस्यो तलाउमा बुहान, मिलान अनि न्युयोर्कमा छरियो तरंग बिषाणुको अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...
-
Interaction program of Prime Minister Dr. Baburam Bhattarai with Scientists and Technologists In the context of successful comple...
-
छोटो मन्तब्यका साथ रसिक उपस्थित बिद्यार्थी, अभिभाबक र पाहुना फेरी पाहुना र शिक्षक मिति - २०६७- ०६- ३० स्थान- बिज्ञान प्रा. बि.,हर्मि-८, गोरख...
-
नेपाल फर्केको पनि बर्ष दिन नाघी सक्यो। यो समय खन्डमा समाजको चिर्फार गर्दा सामाजिक चेतना नबढेको भनी हाल्न पनि मिल्दैन , बढेको छ ...
Nice article
ReplyDeleteरबिन्द्र सरको सधै गहन हुन्छन लेखहरु। यसपाली पनि राम्रो गयो सर। धेरै धेरै धन्यबाद है।
ReplyDeleteThank you anam ji and arjun ji, for liking and commenting it.
ReplyDeleteहामी धेरै लामो समयसम्म एक छत्रीय राजनीतिबाट निर्देशित भयौं, हामी एक देशका भन्दा पनि एकाघरका प्राणी भयौं, किनकी हामीले राज्यको हिस्सा नै पाएनौं। हाम्रो बिकास र प्रगति ब्यक्तिगत हुन पुग्यो, घरले रूप फेर्दै खर, झिंगटी, टिन, ढुंगाको छानो हुँदै आरसीसी सम्म मात्रै आयौं, तर ओरिपरीको बिकास भने आफुले नगरेर समयले लिएर आयो। अरुको इतिहासको किताब हाम्रो लागि बर्तमान भएर आयो। अरु देशमा संग्रहालयमा राखिएका
ReplyDelete