हामीले बीज्ञान पढ्यौं भने बनस्पति र जनाबरका जिबन चक्र पढ़छौं, तिनीहरुको उपयोगिता पढ्छौं, तिनीहरुको उत्पतिको इतिहास पढ्छौं, तर कहिले पनि आफ्नो ओरिपरी भएका ती जनाबर, किरा या बनास्पतिको जिबनचक्र हेर्न पठाईन्छ न हेर्नको लागि प्रेरणा नै दिइन्छ। यसको अर्थ बालकले जम्मै काल्पनिक किराहरू या बनास्पतिहरू किताबमै थुपर्नु पर्यो जो असंभव प्राय हुन्छ। तेहि भएर घोकन्ते बिद्या धाबन्ते खेतीको कहाबत अनुसार नै हाम्रो शिक्षा प्रणाली चलिरहेको छ। उता गणित पढ्यौं भने जीबनमा कहिले प्रयोगमा नआउने सबालका उत्तरमाला मिलाउने गरेर गणितका नोटबुक भर्छों, तर घरायसी कामकाजमा कसरी प्रयोग गर्छों भन्ने कुरा थाहा पाउन सायद त्यही बालक नै घरमालिक नहोउन्जेल पर्खनै पर्ने हुन्छ। अझ अंग्रेजी बिध्यालयको कुरा नै भिन्दै, जति असजिलो पाठ्यक्रम पढायो, उति उत्तम बिध्यालय ठहरिन्छ। घोकने र ओकलने कलाका पारंगत बाल प्रतिभा जसले पढयो उसले खेल्न छोड्यो, जसले खेल्यो उसले पढ़न छोड्योको एक सूत्रीय रटानमा अभ्यस्त छन।
यहां भने कक्षा १ देखि नै स्कुलले कुनै फुल या तरकारीको बिऊ दिने, घरमा रोप्न लगाउने र अन्तमा त्यसको बीऊ फिर्ता बुजाउने, भ्यागुता र पुतलीको जिबनचक्रका रूप आफै गएर खोज्ने या घरमा पेट बनाउन लगाउने गरी पढ़ाए पछि घंटौ लगाएर नघोके पनि ती सबै कुरा सजिलै दिमागमा घुसने नै भयो। डिपार्टमेंटमा पाइने सामानको भाऊ दांज्दै अंकगणित पढायो भने भोली बच्चालाई कुन सस्तो कुन महँगो भनेर सिकाउन नै पर्दैन र पछी उनीहरुले सजिलै प्रयोगमा ल्याउन पनि सक्ने भए। मलाई याद छ, म स्कुल पढदा एक जना सीनियर दाजु हुनुहुन्थ्यो, किताब नहेरी उत्तरमाला खर्रर सुनाउनेआखिर बिना प्रश्नको उत्तरको पोको कहा गएर खोल्ने त ? हुनत जापान
टोयोटाको देश भएर पनि होला, ४ कक्षामा पढ्दै गरेको हाम्रो छोरो रसिकले देख्दैमा लोभलाग्दो बिधुतीय कार बनाएर दौडाउँदै छ। हेड्लाईट छ, अगाडी जान्छ, ब्याट्री उल्टो गर्यो भने पछाड़ी जान्छ, सोलार प्यानेल मात्रै ले पनि चलेको छ। अझ रमाइलो त के छ भने त्यों प्यानेललाई हत्केलाले छेकिदिने हो भने ठ्याप्पै रोकिन्छ। यो खेलौना कार बनाएपछि कुन चाहि बालकको मन प्रफुल्ल्ति हुन्नर? यसरी समेटिएको खुसीले बच्चामा मात्रै हैन, समाजमा नै सम्ब्रिद्धि र खुसी ल्याउछ। अध्धयनको प्रतिफल राम्रै होस भन्ने हाम्रो चाहना त हुने नै भयो।कालीमाटीका केरा भन्दा फलेको केरा पक्कै मिठो हुन्छ, यही हैन त फरक? जान्न पर्ने कुरा जाने पछि बच्चाहरु आफ्नो रूचिको खेल खेल्नु, खेल फेरी हम्रोमा जस्तो समय बिताउन मात्रै नभएर एक सफल खेलाडी बन्ने धोको संगै खेल्नु भनेको नै जिबनको मार्ग तय न हो। सबै प्रयाश सफल त हुन्नन नै, तर लठ्ठि नलिईकनै बच्चालाई पढाउन सकिन्छ भने किन यो तरीका नअपनाउने ?
यहां भने कक्षा १ देखि नै स्कुलले कुनै फुल या तरकारीको बिऊ दिने, घरमा रोप्न लगाउने र अन्तमा त्यसको बीऊ फिर्ता बुजाउने, भ्यागुता र पुतलीको जिबनचक्रका रूप आफै गएर खोज्ने या घरमा पेट बनाउन लगाउने गरी पढ़ाए पछि घंटौ लगाएर नघोके पनि ती सबै कुरा सजिलै दिमागमा घुसने नै भयो। डिपार्टमेंटमा पाइने सामानको भाऊ दांज्दै अंकगणित पढायो भने भोली बच्चालाई कुन सस्तो कुन महँगो भनेर सिकाउन नै पर्दैन र पछी उनीहरुले सजिलै प्रयोगमा ल्याउन पनि सक्ने भए। मलाई याद छ, म स्कुल पढदा एक जना सीनियर दाजु हुनुहुन्थ्यो, किताब नहेरी उत्तरमाला खर्रर सुनाउनेआखिर बिना प्रश्नको उत्तरको पोको कहा गएर खोल्ने त ? हुनत जापान
यथार्थ कुरा रबिन्द्र सर । सरको कुर मन पर्यो। रबिन्द्र सर Hamrocircle.blogspot.com मा आउनु पर्यो। मैले नेदेखेको होकी खै.
ReplyDeleteVery True!
ReplyDeletePractical education makes students enjoy and learn at the same time.
***
Welcome to hamrocircle!
Thank you durjeya jii and nkm for your comments and I asked hamrocircle to accomodate my blog to public blooger forum(is it?.
ReplyDeletethis is true that practical education makes easy and better than book knowledge
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeleteल बल्ल सर घरबाट बाहिर निस्कनु भयो, सरलाई hamarocircle मा देखे।
ReplyDeletethank you durjeya ji for taking initiative on adding my surrounding to blogger community of Nepali Diaspora. I wish I could offer something worthy for wider and wiser readership.
ReplyDeleteसाह्रै चित्त बुझ्दो कुरा रबीन्द्रजी! ब्याबहारिक अनुभवविनाको शिक्षाले समाज र देशलाई माथि लाने त कता हो कता उल्टो ओरालो लगाऊँछ। हामी नेपालीको दुर्गतिको एउटा ठूलो कारण यस्तै 'घोक्ने र ओकल्ने' शिक्षा हो।
ReplyDeleteहुनत मेरी छोरी अझै किण्डरगार्टेन जाने उमेरकी छे तर पनि त्यति साना बच्चाहरुलाई सिकाउन उनीहरुले अपनाउने रचनात्मक तरिका देखेर दंग छु म पनि।