यो नैतिकता भनेको न तिक्तता हो कि या नैतिक कता हो, कि के हो कुनि ? यसैको नाममा बिदेश तिर धेरैले ज्यान माया मारेका छन। जापानका धेरै कृषि मंत्रिले यसैका नाममा ज्यान फाले, अस्ति ताका कोरियन राष्ट्रपतिले मैले मेरा जनतालाई साएद धेरै दुख दिएं भन्दै हामफल्दिए यसैको लागि। यी त भए ज्यान फाल्ने उदाहरण, धन्न तिनीहरुको सस्तो ज्यान थियो र यहां नैतिकताको खडेरी नै चाही छैन। कतिले साना घटनाका कारनले राजनैतिक भबिष्य तिलांजलि दिएका छन ।
तर हामी अर्कै गोलार्धमा छौं, बिचरा यो नैतिकता भन्ने शब्द पनि अचेल दुब्लाएर खिङ्रिगै भएको छ, यति दुब्लायो कि अचेल त यसको भित्र टूटे फुटेको हड्डी हेर्न न एक्सरे गर्नु पर्छ, न ग्यस्ट्रैटिस हेर्न इंडोस्कोपी नै। यसको मरंच्यांसे हाल थाहा पाउन कुनै पारखी हुन पर्दैन। ..... लाई भन्दा देख्नेलाई लाज भने झैं यो त खुलेआम बजारमा लिलाम हुंदैछ।
हुन त हाम्रोमा दुब्लाएर मरंच्यासे भए पनि बेला बेलामा झुल्किन्छ। आफुले गरेको काम अरु कसैले टेरेन भने हाम्रोमा नैतिकताको सबाल उठछ। आफ्नो गल्तिको स्वीकारोक्ति भने बिर्लाकोटी नै पाईन्छ। गिरिजा पनि यहीं बर्गमा परे, होलेरीमा सेनाले टेरेन, राजिनाम गरेर ओर्लिए, तर अफ्सोच, केही परिबर्तन पनि नगर्दै फेरी उक्लने प्रयास पनि गरी रहे। यहीं परिद्रिष्यमा अर्का महापात्र निस्किए, माधब कुमार नेपाल। दाम चढाएर नब राजालाई साष्टांग दन्डबत गरे, कम्युनिष्ट पार्टीका महासचिब रही नै रहे, त्यों नैतिकता भने कुम्भकर्ण झैं सुतेको सुत्यै गर्यो। फेरी दौरा सुरुवाल सिलाएर ख्वामितको ढोकामा सरकार मेरो सुरुवाल हेर्नुस त, कति राम्रो छ ? भन्दै गए, सरकारले इन्जार नभएको बुझेछन, मन्द मुस्कान साथ भने मैले हिंजो मात्रै सिंह बहादुर ज्वाईलाई कुरा गरेको, ठीकै छ, मैले तिम्रो कुरा बुझे, ऐलेलाई जाऊ भने, उनी लुरुक्क त्यों नैतिकता पोको पारेर फर्किए। कुनै कामरेड भने रत्नपार्कमा दौडिएर गणतंत्र आउन्न भन्दै प्याच्च थुक्दै हिंड्थे।
सनै सनै देशमा परिबर्तन भयो, चुनाब भयो, हजुर्बाको हिंग बाँधेको टालो भन्दै मै सर्बेसर्बा अरु सब गोल्खांडी भन्दै फुलेल भएर बसे, सब घटना देखेका जनताले लोप्पा ख्वाइदिए, झल्यांस्स भए, अनि आबेशमा यो गरौं कि त्यों गरौं हुंदा न तिक्तताको राजिनाम ठेले। सुशील दा पनि के कम, फोनै बाट चढाए, पछि आँखा खुल्यो उनको त जे होला होला, उनी भन्दा मथिका मालिकका के हुने भन्दै फिर्ता गरे, खिस्सा खत्तम ।
ति दिन गए, यी दिन आए,अरुकै सहारामा नेपाल अंकल बिस्तारै उठे, पुराना कुरा बिर्सने कसम खाए, अनि चौतारामा गए। चाकडीकै भरमा अनायास औताली आइपर्यो, अनि ढलेका सहकर्मी सबैलाई प्रभुको दिब्य भूमिमा उब्जित संजिबनी पिलाए। ऐले त्यही चौतारामा देशी पान खाँदै खुट्टा हल्लाइरहेछन। बिचरा यो सब आफ्नै आँखा अगाडी देखे पछि आयुक्त पोखरेललाई चिडचिडाहट हुनु स्वभाबिक नै हो। आफैले टेस्ट फेल गराएका, ग्रेस दान गरेका र एक्जाम्टेडमा झुन्डिएका जति सबै बोर्डमा परेको भनि आफ्नै नाक अगाडी नै नाग टांसे पछि, त्यही नैतिकता जोगाउन राजिनाम ठेले। आशा गरौं यो कार्य बाली पकाउन प्रयोग नहोस, जय नैतिकता।
एकदमै समसामयिक कुरा उठाउनु भयो ल सरले। राम्रो सँग भन्नु भयो ल मेरो पनि मन को कुरा। हाम्रोमा त्यस्तै हुँदै छ। झन अहीले त नेपाली सरकारनै सबै चुनाव हारेका हारेकाहरुको बहुमत होला जस्तो छ। सबै जना नैतिकतालाई चुना लगाएर सबै तिरबाट हाम्रो समाजलाई बिगार्ने भए।
ReplyDeleteमेरो पनि जय नैतिकता
ReplyDelete