Sunday, April 12, 2009

६५ + १ =२०६६

बादल उही छ
नपर्ने पानी उही छ
बन्दूक उही छ
पड्काउने उही छ,
फरक केबल ६५ मा १ बढी छ ।
चुनाब र उपचुनाब उही छ,
कागज़ साटियो , मशीन आयो
तर बूथ क्याप्चार उही छ
अदालत उही छ र त
जित्ने पुरानै छ ,
फरक सिर्फ़ ६५ मा १ बढी छ।
कर उठेर के भयो
बाटो खन्ने उही छ
मल खाएर अन्न उघ्रयाउने उही छ
लाल दर्बारमा कोशी लाने उही छ,
फरक यत्ति हो ,
६५ मा किन झर्ने भन्ने
ऐले भर्याङ्ग खोज्दैको हैरान छ।
हामीलाई के छ र?
बालकलाई फुर्क्याउने,
बुढालाई तर्साउने
युबालाई खाई न पाईसंग जोस्याउने
यो जोड़, ६५+१ = २०६६
इस्बी र बिक्रमको हांडीमा नभुटिए
यही मौकामा नया बर्षको शुभकामना भन्दै गरौंला,
अहिलेलाई सबैलाई हार्दिक शुभकामना !!!

1 comment:

Recent and most visited!

लाङ्टाङको पाप्रो, लियो हाम्रो छाप्रो!

  लाङ्टाङको पाप्रो , लियो हाम्रो छाप्रो!   तिब्बतको त्यो पखेरो , सुरु भयो दुखको दिनगन , रसुवा , नुवाकोट र धादिंग , पुग्यो गोरखा अनि चितवन । ...