तिमी भन्दा ठुला त कति छन छन
तर मलाई त तिमी नै बिशाल लाग्छ,
सफा र मनमोहक त त्यस्तै छन,
तर,
मलाई त तिमी नै कंचन र मनमोहक लाग्छ।
तिमी हामी नभेटेको पनी त बर्षौं भयो
पोहोर साल झुलुक्क देखें
कता कता तिमी फेरिए झैं लाग्यो।
उत्साहा, चंचलाहट, सुसेली
केही भेटिन! लाग्यो,
राताम्मे भएर बग्यौ
चीत्कार नसुन्न बिंदास भयौ
बेपत्ताका साक्षी बन्यौ
अनि असह्य भएछ क्यारे,
आंसू पिउँदै, भक्कानो फुटाउंदै छौ,
उही भुसुंडी,जाम्दी र मादी संगै।
सुनेको थिएं,
बिस्तारै बिस्तारै पुन सुसाउन खोज्थ्यौ अरे
तर, आजकल फेरी टोलाई रहन्छौ अरे
ओल्लाघर, पल्लाघर त के
नारायणीमा मिसिन पनी संकोच मान्छौ अरे।
सीमा रेखा काट्नु त कता हो कता
भगिनी नदीको थर पनि सोध्छौ अरे।
मेरो प्यारो सप्तगण्डकी,
सप्तादलले ढकमक्क ढाकेको पाखोलाइ हेर त,
अटस मटस गरेर पनि फक्रेका
अलिकती कालो मसी मिसिएर के भयो त ?
सप्तरंगी तिम्रो पुञ्ज प्रिज्ममा छिर्ने नै छौ,
राष्ट्रीय गानले गए जस्तै स्वेतकिरण बन्ने नै छौ।
सम्झ!
अब त प्यासाहरुको क्षुदा घट्दै छ,
अबिरल चक्ष्युरसको भेल सुक्दै छ,
चुरा फुटाउनेको लाम घट्दै छ।
नपत्याए बागमतीलाई सोध त,
दरबार फेरिएको छ।
हेर, तिम्रो कहर!
कहाँ तिमीलाई मात्र हो र?
सप्त कर्णाली पनि त राताम्यै थियो,
आजकल चौतारीमा आराम गर्दै छ।
सप्तकोशी पुन चलायमान त हुँदै छ,
तर अधीर छैन।
हेर त,
बागमती र कमला कसरी उर्लेका ?
सदियौंको पिलो फाल्नै होला।
आशा गर चीर निद्राबाट ब्युझाउने यो ब्यथा
धर्ती तताउने उष्णता भन्दा पनि तातो हुन्छ,
थोरै धैर्य गर, फुल फुल्ने कोपिला पुस्टाउंदैछ।
सुन त ,अस्ति कर्णालीको चिठ्ठी पाएं,
हिजो कोशीको इमेल
आजफेरी मेलम्ची र अरुणसंग
वेभक्यामको सुरुंगमै बात मारें
भन्दै थिए,
पानी को चक्र कहिले फर्कने?
सात समुद्र वारी र पारीका बादलहरू
अनी खाडीका पाखुरा आइदिए त
हामी पनि हास्थ्यौं नि है !
मेरो प्यारो गण्डकी,
तिमी अबिरल बगिरहु
म तिम्रै किनारमा हुनेछु।
बिहान उठने बित्तिकै हिमाल देख्न पाइयोस, घर गाउँ घुम्दा उज्यालो र खुसी हेर्न पाइयोस!
Subscribe to:
Post Comments (Atom)
Recent and most visited!
अनौठो कोरोना
ढुंगा खस्यो तलाउमा बुहान, मिलान अनि न्युयोर्कमा छरियो तरंग बिषाणुको अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...
-
Interaction program of Prime Minister Dr. Baburam Bhattarai with Scientists and Technologists In the context of successful comple...
-
छोटो मन्तब्यका साथ रसिक उपस्थित बिद्यार्थी, अभिभाबक र पाहुना फेरी पाहुना र शिक्षक मिति - २०६७- ०६- ३० स्थान- बिज्ञान प्रा. बि.,हर्मि-८, गोरख...
-
नेपाल फर्केको पनि बर्ष दिन नाघी सक्यो। यो समय खन्डमा समाजको चिर्फार गर्दा सामाजिक चेतना नबढेको भनी हाल्न पनि मिल्दैन , बढेको छ ...
No comments:
Post a Comment