आज प्रणय दिबस, मनाउने बानी नभएपनि छोटोमोटो उपहार साटेर एउटा अर्को दिन सुरु भयो। फेब्रुअरीको दिन यती न्यानो साएदै आयो होला, इतीहासमा। यही प्रिस्ठभुमीमा
जंगलको यात्रा तय भयो। १५ मिनेटको गाडीको यात्रापछि पैदल यात्रा सुरु भयो । हेर्दैमा मनमोहक लाग्ने ब्याबसायिक जंगल र प्राकृतिक जंगललाई चिर्दै बगेको निलो सल्बलाएको नदी हेर्दा यस्तो लाग्थ्यो हामी इन्द्रको बारीतिर घुमिराहेका छौं । जापानले आफ्नो जंगलको कभरेज ३५% बाट बढाएर ७०% बनायो तर हामी तेहि ७०% बाट घटाएर २५ % मा झारी सक्यौ र पनि अझै संतुष्ट छैनौ १६ किमीको यो यात्रा तय गर्दा झ्वाट्ट याद आयो :
हामीले प्रक्रितिलाई दुहुनो गई सम्झंछौ, अनि घांस पनि हाल्दैनौं, गोबर पनि फल्दैनौ, फगत दुहुन्छौं। तेसैले हरियो बन नेपालको धन भनेर हामीले जति
घिउ खानु थियो, खायौँ, अब यही बाटामा हिडिरहने हो भने बाढीको मार, हीमालको पग्लेको हिउ र सुख्खाको बिचमा धुलेबाटोमा बिहेवारी होस या भेटघाट गर्न होस या चुनाबी क्याम्पेन होस या अर्को पार्टीका मान्छेलाई लखेट्न होस, ओल्लो डांडो र पल्लो डाँडोमा धुलो उडाउँदै ट्याक्टरको यात्रा गर्ने ता होला। त्यों नदी हेर्दा यस्तो लाग्थ्यो हामीकाँ भएको भए नुहाएर, मल मूत्र फालेर, भैंसीलाई आहाल बनाएर, फोहोर बगाएर त्यो नदीलाई बग्न नसक्ने बनाउथ्यौं या नाक थुन्ने बनाउथ्यौं।हुन त जापान भनेर मात्र नहुने प्रक्रिती बलीयो भएपछि
त के लाग्छ र ? हेरौ त, हुंदा खांदाको तेत्रा पूल पालै पालो बगाएर त सक्यो सक्यो, पाखा लगाएको पनि एस्तो छ । जम्मै वारी भित्तामा । तर फेरी एस्तो पनी लाग्छ, कति निर्जिब बन छ, न चरो कराउंछ , न न्यौरी मुसो दौडन्छ । तर जे होस , मनै खाने खालको मनमोहक छ। समुन्द्रको नजिकै, शहरको आडमा, यती राम्रो जंगल छ, कहिले काहीं हामी जस्तालाई पौडी खेल्न पनि भएकै छ मन बहलाउना पनि भएको छ, आश गरौं, हाम्रा पाखा पखेराका ती जंगल पनि कुनै दिन यस्तै घना हुन्।र मन बहलाउन यस्तै यात्रा गर्न पाखै पिच्छे सम्भव होस भ्यालेन्टाइन डेले आफ्नो प्रियाशीलाई मात्रै हैन प्रक्रितिलाई पनी माया गर्ने यही प्रेरणा मिलोस, ह्याप्पी भ्यालेन्टाइन ........
बिहान उठने बित्तिकै हिमाल देख्न पाइयोस, घर गाउँ घुम्दा उज्यालो र खुसी हेर्न पाइयोस!
Subscribe to:
Post Comments (Atom)
Recent and most visited!
अनौठो कोरोना
ढुंगा खस्यो तलाउमा बुहान, मिलान अनि न्युयोर्कमा छरियो तरंग बिषाणुको अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...
-
Interaction program of Prime Minister Dr. Baburam Bhattarai with Scientists and Technologists In the context of successful comple...
-
छोटो मन्तब्यका साथ रसिक उपस्थित बिद्यार्थी, अभिभाबक र पाहुना फेरी पाहुना र शिक्षक मिति - २०६७- ०६- ३० स्थान- बिज्ञान प्रा. बि.,हर्मि-८, गोरख...
-
नेपाल फर्केको पनि बर्ष दिन नाघी सक्यो। यो समय खन्डमा समाजको चिर्फार गर्दा सामाजिक चेतना नबढेको भनी हाल्न पनि मिल्दैन , बढेको छ ...
यात्रा विवरण रमाईलो लाग्यो! जापानमा यस्तरी सबैकुरा जोगाएर, स्याहार गरेर राखेका छन् हामी भने नेपाललाई मरुभूमि बनाउँदैछौं---
ReplyDeleteyeah! we can't see any bare mountain anywhere we go here in Japan, but we can see anywhere in our country.In Nepal, Jugle is remained just closed to some unaccessible region but we again can count the number of trees.
ReplyDelete