मेरी प्यारी बहिनी सप्तगण्डकी,
अबिरल बग्ने सहयात्री,
मलाई राम्रै थाहा छ,
तिम्रो कहर, मेरो कहर एकै
तिम्रो मेरो रहर अनि नियती पनि एकै।
भेट्नु त छंदैछ पर घरमा
तर हेर त,
हाम्रो नशाको पाबन्दी?
कति सुसाउँथेऊँ है?
कति गड्गडाउँथ्यौं है?
तर आजकल,
न आंगनमा नाच्ने आंट छ
न खलियानमा उर्लने सामर्थ्य,
तिमी त्यहां, म यहाँ
बर्षौं भयो नि है,
पटियानी छाडी पटलीपुत्र सिन्चेको
सुनसरी छाडी सितामडी भिजाएको
सुनेको थिएं गाईंगुईं, गन्धर्ब कन्यादानको
न मलाई थाहा छ, न मेरालाई थाहा छ
अनि त के चाहियो र?
फसेछु म आफै बतासे गर्भाधानमा।
नरे काकाको सम्मुख
मेरो के नै लाग्थ्यो र?
अरुणिमा केही बोल्दैथी, तमु भाई हल्ला गर्दै थियो
भोटे दाई सकेसम्म के जागेको थियो
फलामका दिवाल र समयका पर्खालहरू
हाम्रो नशामा निसहाय ठहरिए।
म उन्मुक्त भएर बगें
तर अफसोच,
जे नहुनु थियो, त्यही भयो
न घरमा छोरो रह्यो, न गोठ्मा पाडो
न खेतमा बालो रह्यो, न फाँटमा कुलो,
बिनासै भयो
ऐले घर पोलेर पुष ताप्दैछु,
सायद, चैत अघि नयाँ घर पो बन्छ कि ?
मूल घर हैन, पालीको खोपी तकिरहेछु।
सुन त,
ठुलदिदी को त यो हाल छ
कथा र ब्यथा एकै त हो,
यो भाबितब्बे टार्ने यंत्रणा गर्नु,
मर्स्याङ्दी र कालीलाई अरुण र तमोर कै संदेश सुनाईदिनु,
त्रिशूली र सेतीलाई मेरो कहानी भन्दिनु,
सायद,
कुमाल, दरै र थारूहरुको
बालो र पाडो त हराउन्न कि?
बरु बेला छँदै,
आफ्नालाई दसौं हजार कुवा खन्न भन ,
अनि सजिबनको छेकबार लगाउन पनि भन
सांचै भनौं ?
परदेसको फलामे पातो भन्दा घरेलु कर्कलाकै पात बेस
गंगामा भेट्नु भन्दा त
कमलामाई या ढल्केबारको कुलामा नै भेट्नु बेस!!!
निकै राम्रो कविता । यो चिठी तपाईकी बहिनीलाई छिट्टै पुगोस् है ।
ReplyDeleteम त तपाईको ब्लगभित्र छिरकै रहेनछु । सा¥है राम्रो ब्लग रहेछ । सबै विषयलाई समेट्न खोज्नुभएको रहेछ तपाईले । निरन्तरताको कामना छ है ।
मेरो खसखस संसारमा पनि तपाईलाई स्वागत गर्न चाहन्छु ।
यहाँ क्लिक गर्नुहोस् ।
Thank you Rajesh jii, I hope yur wishes come true. Thank you for appreciation of my blog,please, keep on visiting this blog. I will reciprocate by visiting your blog.
ReplyDelete