Tuesday, November 3, 2009

बाक्लिँदै गरेको फ्लू र पातलिँदै गरेको त्रास

एउटा कुखुरा भित्र फ्लू फेला पार्ने बित्तिकै कयौं कुखुराको इहलीला समाप्त पारियो र भन्ने गरियो यो त अति डरलाग्दो महामारी हो जसलाई कांडेतारले पनि छेक्न सक्दैन, रसियामा आयो भने चरासंगै कोशी टापूमा पनि पुग्छ, जापान र चीनमा पनि पुग्छ भन्दै प्यानिक गराउनु सम्म गरायौं। फेरी स्वाइन फ्लू आयो, इज्ञिप्टले मौका पायो क्रिस्चियनहरुको संपूर्ण सुंगुरहरुको बध गराउने निर्देशन दियो, कति लागू भयो कुनि, त्यों चाही थाहा भएन। तर जापानले धेरैलाइ अध्यागमनबाट दौडायो। अनि भित्र भित्रै फ़ाट्ट फ़ुट्ट देखिन थालेपछि भने अब छेकने हैन, जोगाउने भन्दै अस्पताल तिर लाग्यो।
हामीलाई रुघा खोकी त लाग्ने गरेकै हो जसलाई हामी सामान्य नै ठान्छौं। बेसार पानी पिएर या निबुवा सांधेर रुघा लखेट्ने यज्ञ नै गर्छौ। तर अहिले आएको स्वाइन फ्लू, या बर्ड फ्लू गराउने H1N1 या H5N1 भन्ने भाइरसले आम मान्छेलाई त्राही त्राही बनाएको छ। यो भाइरस पनि कमन कोल्ड जस्तै ज्वरो ल्याउने, हाक्ष्युं गराउने, घांटी खसखस गराउने अर्को भाइरस हो भन्ने हल्ला फ़ैलाउन ढीला गर्यौं भने सायद अरु मान्छेलाई रोगले भन्दा रोग लाग्ला भन्ने डरले तान्न कति बेर लाग्दैन।

प्रसंग आफ्नै, सिंगापुर यात्राले हामीलाई पनि एउटा जनै भिराएर पठाइदियो। त्यों जात नछुट्टिएको जनै बर्ड फ्लू पनि हुन सक्छ, स्वाइन फ्लू पनि हुन सक्छ, र अरु कुनै। पालै पालो घर भित्र छिरेको त्यों भाइरसले घांटी त खसखस बनायो नै तर त्यों भन्दा बढ़ी हाम्रा अग्रजहरुले भनेजस्तै कतै फ्लूको कुरा बढ़ी नै काटेको भएर भएको खसखस जस्तो लाग्यो। सार्है ठुलो कहर काटेर उम्कियो यसपालीको फ्लूको प्रकोप। परिबार सबै बिस्तारामा, खानेकुरा सबै बजारमा, ओमियागे (खाद्दे पदार्थको सौवेनिएर) फ्रीजमा, O2 र CO2 जम्मै मास्कमा, चिट्ठी पत्र ढोकामा। 
 जे होस नया अनुभब संगै प्रतिरोध क्षमता पनि बिकास गरियो जस्तो लाग्यो । तर एउटा अनौठो के अनुभव भयो भने ३ जना बिरामी हुंदा थरि लक्षण देखियो, यो ६ अरब मान्छेको हाराहारिलाई जम्मा जम्मी ६-७ ओटा लक्षणले के धान्ला? आशा गरौं, अब आउने दिनमा यो रोग संग लड़ने क्षमता सबै संग आओस, मोहोलो लाएर भएपनि रेगुलर काम गर्न पाओस, भाइरसले फेला पारे पनि ब्याक्टेरियाले नछोओस। लागिहाले पनि नाआत्तियौं, यो अर्को रुघा हो, निको भैहाल्छ, तस्बिरमा जस्तै साबधानी अपनायौं भने। (तस्बीर- http://health.msn.com बाट)



No comments:

Post a Comment

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...