Thursday, October 11, 2018

दशैँ त आयो, तर देश खै कता गयो?


मलामासले धकेलेको, असोजको चाड कार्तिकमा पुग्यो  
मनसुनको बेत बस्यो, माटो सुक्यो र त जुन टल्कियो,
बल्ल बल्ल सिंहदरबार गाउँमा के पस्याथ्यो
निर्मलाको चित्कार कानमा गुन्जियो
दशैँ त आयो, तर सुरक्षा खै कता गयो?

हाँस्न मलाई उति आउन्न, घोच्न मैले छोड्न होइन,
बेलायति भाषण गरी शिर उचो अझै हुन्न
ऊखुबारीमा CCTV, राख्न मैले अझै भ्याईन
पुलिसको काम गर भनि बिष्टलाई मैले भन्ने होइन
दशैँ त आयो, तर लोकप्रियता खै कता गयो?

ज्ञापन पत्र पढ्दै भाषण, बिदेश मैले डुल्या होइन
मैले माखो मार्या थिइन, फेरी कुर्ची घुम्या छैन 
नाचगान जति गरि सकें, गफ गर्न अझै आउन्न
मनमा शान्ती, तनमा कुर्ची, मिल्ने अझै छनक छैन 
दशैँ त आयो, तर सत्ता खै कता गयो?

छलांग मैले थुप्रै हानें, जंगल सबै यतै  तानें
गर्नु कर्म सबै सकि, सिंह समेत बनि सकें
काम त मैले गरेकै थिएँ, ठेकदार मेरा बबुरा भए    
चुप बस्दा नाफा हुने, सबै भेउ पाई सकें   
दशैँ त आयो, तर एकता खै कता गयो?

 सिंहदरबार छोड्न भने हाम्रो मनै मान्दैन
मासिकिको भरमा तर घरमा चुलो बल्दैन
छाला डढाउने, फाइल अड्काउने, छिमेकी तड्पाउने
 बाख्रा, नाना, चिनी गर्दैमा  दशैं पेश्की पड्काउने 
दशैँ त आयो, तर सदाचार खै कता गयो?

 १० बजे बल्ल हिंड्यो १०:३० मा हाजिर लायो
बिहान बेलुका थोप्ला गन्यो
प्रशासनिक र प्राबिधिक भनि भागलायो
चुक्ली, एकल, गयल हाम्रो संस्कार बन्यो
दशैँ त आयो, तर बिकास खै कता गयो?

 गाई फुस्के उपमेयर, पैसा चाहीए मेयर
साबुनले हात धुन एक मन्त्री, खान परे मुख्यमन्त्री 
बालाजुमा फेरी चुनाब, दाजु भाइमा पुनः तनाब
नजिर फेरी उजागर गर्दै क्यार्न खोज्या ए जनाब 
दशैँ त आयो, तर सुशासन खै कता गयो?

  कानुन आयो,  सेता एप्रोनको सातो गयो
ड्राइभर त के कुरा, राहत शिक्षकको पालो आयो
ठेकेदार र तस्कर त उसै बलिया, एनआरएन झन के कम
भारतीय टायर, चिनिया सलाई, जापानी सडक, उसै तडकभडक  
दशैँ त आयो, तर नियम कानुन खै कता गयो?

 यसपाली त:
जमरा खै उम्रिन्न भन्छ, चिमोटने पो डर छ
उखुबारी बढ्दै गए, पिर ताप मात्रै बन्छ
खसी जति हड्तालमा छन्, राँगा कहाँ पाउँछ?
लुगा फाटा महंगा भए, तलब मेरो कहाँ छ?
दशैँ त आयो, तर समभाब खै कता गयो?

दशैं, तिहार, भिन्तुना, छठ, ईद, क्रिसमस र ल्होसार
प्रतिक्षामा चाडबाड सबै मानौं अब एक पसार  
घटस्थापना र पुर्णिमाको बिदा भए अब एकतमास
छोटो र छरितो हामीलाई अरु सजिलो बन्दै यो दशैं
दशैँ त आयो, तर शुभकामना खै कता गयो?
दशैँ त आयो, तर देश खै कता गयो?

No comments:

Post a Comment

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...