Saturday, March 24, 2012

न बास छ, न अब आश छ

पढ़न हिंड्दा थर्कटी हुन्थ्यो आँफै संग
सुत्न हिंड्दा दोलाईं,
गाउन जांदा सारंगी थियो संग
धारामा जांदा जनै,
पढ़दा  टुप्पी कस्थे, हिन्दा छलांग मार्थें,
दिन बिग्रेको मेरो,
गाऊं छोड़ें काउसो नै सल्के झैं,
शहर छोडें ज्वालामुखी नै निस्के झैं
के के गरें भनेको
के के पो गरेछु !
अहिले अक्क न बक्क
मेरो नाम चोर्नेहरु,
मेरो काम चोर्नेहरु
मेरो विश्वास फोर्नेहरु
मेरो आस्था टुक्र्यौनेहरु
निमेष भरमै काजि भएछन
अस्ति फुपुको श्राद्ध गर्दै थियो,
हिंजो बहानलाई कालो बोके काट्दै थियो
आज रुद्री छ रे घर सर्ने,
फन्को मार्ने डोरी खोज्दा पो थाहा भयो
आधा टोलको दाइँ रहेछ !!!
.................................
 दाहिने हात दाइनामाइट्ले लयो
आधा दिमाग बिभत्सताले खायो
 श्रबण बमको गर्जनले उडायो
 दृस्टी छर्राले लयो
 क्षमता गयो, दिन ढल्यो
हुँदा हुँदा बस्दै गरेको चौतारो
अदिया पो भएछ
दाइलाई टाउको भाइलाई पेट
मलाई के न के!
न बास छ, न अब आश छ
न खाने राश छ,
शिवजी दक्षप्रजापतिको घर जाँदा जस्तो
जताततै  त्रासै त्रास छ!!!

2 comments:

  1. Aw, this was a very nice post. Taking a few minutes and actual effort to make a really good article… but what can I say… I procrastinate a
    whole lot and never seem to get anything done.


    Feel free to visit my page :: cam portal

    ReplyDelete
  2. Wow, amazing weblog layout! How lengthy have you ever
    been blogging for? you made running a blog glance easy.
    The overall look of your web site is wonderful, let
    alone the content!

    my web page - livesex

    ReplyDelete

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...