Monday, February 20, 2012

म त्यहाँ हैन, यहाँ प्यारोडी गाउंदैछु


(दाई को सम्झनामा)
कसरी भनौं यो पृथ्वी गोलो छ?
बूढी आमाको गाला जस्तो,
कोप्रे खोलाको कुइनेटाको काखी जस्तो
करेली थुम्काको फुटेको ओठ जस्तो
भञ्ज्याङ एउटा दन्त बजार जस्तो,
यसो सोचौं त!
पृथ्वी कसरी गोलो हुन्छ?
मास्टरले उल्टो पो पढाए जस्तो!
गोलो हुन त
म बसेको आकास हेर त,
कस्तो मिलेको ढकिया जस्तो,
कंचन, निलो अनि बिशाल भकुण्डो जस्तो।
ध्रुब हराए पनि पाइने यतै जस्तो
खोज्नै परे पनि सजिलो जस्तो
पजेरो र प्राडो नचाहिने
साइकल भए पुग्ने जस्तो
एउटा कंकाल पनि नफालेको जस्तो।

म मेरो ध्रुब खोज्न
बार्पाकमा खुब हामफ़ालें
च्याङलीमा झन्डा गाडें
हरमटारी र दाउन्ने खुब धाएं।
अहिले तिनतारेको मैदानमा
मेरो एउटा ल फ़र्म छ,
कोटमा चिटिक्कको एउटा लोगो छ,
बारको हाकिम कुशलतामा छु ,
१३ बर्ष भयो तिमीलाई फंको मारेको मार्यै छु,
फर्कि आउंदा कालो बादल हैन
चांदी जस्तो सफ़ेद सत्य ल्याएको छु,
पजेरो मात्रै खोज्ने एकाध लाम्पुछ्रे हैन
चोरी मात्रै गर्ने आकासे पिण्ड पनि हैन
म त नियम मान्ने बफादार
एउटा तारा मण्डलको सदस्य भएको छु,
संबिधान लेख्न कलमको सट्टा कुर्ची खोज्ने सभासद हैन
माइक्रोसफ्ट छोड़ी बाहुनडांडा धाउने सेबक पो भएको छु,
कालो गलैंचा हैन, सफ़ेद कमेरो दलेर
हरेक दशैं मनाएको छु,
छिमेकीलाई दशैंको दशा दिने
घुस शिरोमणी हैन
किस्मतको क्वांटी खाने
कानुनको रखबार गर्दैछू ।

खाल्डै खाल्डा र चूच्चै चुच्चाको यो गोल भूगोल भित्र
क्लिष्ट र भ्रष्ट जमातमा
नाक थूनी थूनी
घुमेको भूगोल पार्क,
बार्पाकमा फुटेको टाउको,
हरामतारीमा घोचेको नङसिरी
दमौली र पालुंङ्टारमा गाएको गीत
पाली पालो
अहिले एकोहोरो कानमा कानेखुसी गर्छ।
भन्दै छ,
म हराए पनि
म मलाई गणतन्त्रमा पाउंछु ,
संघियातामा डुबेको भेट्छु ,
समाबेसीमा फूलेको देख्छु!

मलाई सम्झनेहरू! मलाई त्यहाँ नखोज,
म त हराउँदै गरेको नयाँ नेपालमा हैन
यही ध्रुब तारामा
शहीद संग मिलेर कहिले काहीं
पुरानो प्यारोडी गाउंदैछु!
-------------------------------

4 comments:

  1. Rabindraji Aaja matra Pradip Wagle (your gaule) and me talked about you.

    ReplyDelete
  2. Its very marmik ,when i read automatelly my eyes ...........love u bro !!!

    ReplyDelete

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...