बिना बकसको एउटा गौथलीको गुण बनाउने अभियानमा लाग्दा लाग्दै बहुत थाकियो। पेशा ले एक थोक, सिकाउनु पर्ने अर्को थोक भएपछि साएद सृस्ष्टिकर्ता बिष्णुलाइ पनि बैराग लाग्दो हो, हामी त मनुष्य न परियो । बिहान जुरुक्क उठ्यो, नित्यकर्म गर्यो, कामधाममा दौड़ियो, जब बेलुका हुन्छ अनि बास फर्कियो, के के भयो सोधपुछ गर्यो, दिन उसै गरि उही रफ्तारमा पट्यारलाग्दो चलेको छ, चलेको छ। नजानेकाले सिक्ने, जानेकाले सिकाउने त होला भन्दै मिस्त्रिहरुलाई हामीहरूले खुब सिकाउने चेष्टा गर्यौ । हुन्न यहाँ त, यस्तै हो, अलि अलि खेर त गैहाल्छ आदी इत्यादी भन्दै आफ्नो जिद्दी नछोड़ने। समझाए पनि उही नसंझाए पनि उही, बोले पनि उही नबोले पनि उही, हेरेर बसे पनि उही नहेरे पनि उही भने पछी कति टेन्सन लिने भन्दै बिना योजना कुम्लो ताम्लो बोकेर सपरिबार कलंकी झरियो। बिदेशीको नयाँ बर्ष त मनाइयो आफ्नो किन नमनाउने भन्दै सुन्दरीजल गएको झझल्को थियो, असिना पानी, मान्छेको भीड़ र चिप्लो बाटोले घुमाइको जुन मज्जा आउला भन्ने थियो त्यों नभएको झोंकमा पोखरा हानियौं।
नयाँ बर्ष पनि घुमियो, लुम्लेको चिसो हाबा र सारंकोटको चिर्बिर पनि खूब सुनियो , फेवा र बेगनासमा आफ्नो दर्पण हेरियो, पोखरेली जेठोबुढो र मोहि खाइयो, तेहि रमाइलामा कबिता लेख्न भुसुक्कई बिर्सिएछ।
३ जनाको सिट्मा ४ जना, ६ घंटाको बाटो ५ घंटामा, बाटामा भन्दा हाबामा बढ़ी दौडने सुक्ष्मबसमा चढ़ी पोखरा पुगियो, फेवातालाको किनारमा बास बसियो। दिन मिलेकै रहेछ, आगन छेउमै चुच्चा र थेप्चाको दोहोरी जमेको रहेछ। ढाकाटोपी लाएका चुच्चा र पुटुक्क परेका थेप्चाहरु रमाइलो मानेको खुब रमाइलोले हेरियो। बिहानको सूर्योदय हेर्न एउटा ट्याक्सी बोलाको ७ बजे घाम उदाउन्छ, म ५ बजे औन्छु भन्यो। कस्तो अचम्म, टूरिस्ट बोकेर गैराख्ने चालकलाई कति बजे घाम उदाउन्छ भन्ने पनि थाहा छैन, घामको डल्लो ६ बजे सरान्कोटबाट हेरियो। मिठो कफी पिउँदै उत्तर तीर हेरेको, आफैं माथि घोप्टेलानजस्ता अन्नपूर्ण र मछापुच्छ्रे फिस्स हाँस्दै थिए। थोरै तुवांलो तर त्यसलाई सजिलै जित्ने जस्ता हिमलहर साच्चै सुन्दर र मनमोहक थिए। त्यसको ठीक तल नदेखेको तर सुनेको डाँडो थादिएको देखे, जाम जाम लाग्यो, पुन घर सल्लाहा भयो अनि लागियो उतै। पोखरा जांदा आउने बाटो भन्दा केही फरक, बददै गरेको भन्दा पतालिँदै गरेको बस्ती, रेलका डिब्बा जस्ता लामा बस , अर्कै लबज र शैलीमा बोलिने बोलिहरू साँच्चै मलाई अनौठो अनुभूति दिलाउने खालका नै थिए। अलि अलि बानी त घर बाट पनि परेको हो, तर अहिले माहोल नै अर्कै। फेदी हुँदै हुइकिएको यो बस बिस्तारै नाउडांडा उक्लियो,नागढुगा उक्लिए जस्तै गरि। हाम्रो योजनामा लुम्ले पुग्ने थियो। बाटोमै देखियो प्रचण्डको जन्म थलो, त्यसलाई पार गरेको केही बेरमै हामी कांडे, लुम्ले पुगियो। हिमाल देखिएला भनेको केही देखिएन, तर बर्षों पहिले बेलायतिले बनाइदिएका कृषि अनुसंधान केंद्र प्रकृतिको बिचमा जमेको आकर्षक मिराज जस्तो थियो। पशुपालान केंद्र थिए, पशु थिएनन, कर्मचारी ब्यानर झुन्ड्याएर बसेका थिए । पाहुना घर र कर्मचारी आबासगृहहरू पाहुना घर र कर्मचारी आबासगृहहरू यत्रतत्र छरिएका होलीडे इन जस्ता मन लोब्याउने थिए। रमाइलो अनुभूति संगालेर हामी पुन पोखरा नै फर्कियौं।
sir ramro lagyo.
ReplyDeleteAttractive section of content. I simply stumbled upon your website and in accession capital to claim that I acquire in fact loved account your blog posts.
ReplyDeleteAnyway I will be subscribing for your feeds or
even I fulfillment you get entry to constantly quickly.
my website cams