Wednesday, November 18, 2009

के न के भयो !

१.
पाठेघर भात्काउँदै
जन्मेको त्यों भाई
न चप्पल लायो
न पेट भरी खायो
न कपूरी क गायो,
तर,
बेस्सरी धर्ती चिथर्यो
आधा जल र थल
अर्को आधा बायु पियो
चक्षुको भेलमा हेलियो
अनायास भेटिएको सिनो खायो
दंग पर्दे भरेको पेट
खा' नखा'इ भयो
उपचारको तम्दानी बोक्दा नाबोक्दै
पीताम्बरको धुस्रो ल्यायो।
जस्तो आयो तेस्तै गयो
बिचरा साँहिला दाइले
छोरो पाएको
के न के भयो !
२.
सकी नसकी पाएको छोरो
दुलै पोली ल्याएको मोरो
एक बचन नसोधी हिंड्यो
आधा दर्जन सन्ततिको भोको
न रह्यो भकारो न रह्यो गोठ
जस्तो आएको उस्तै भयो
बिचरा साँहिला दाइलाई
के न के भयो!



2 comments:

Recent and most visited!

लाङ्टाङको पाप्रो, लियो हाम्रो छाप्रो!

  लाङ्टाङको पाप्रो , लियो हाम्रो छाप्रो!   तिब्बतको त्यो पखेरो , सुरु भयो दुखको दिनगन , रसुवा , नुवाकोट र धादिंग , पुग्यो गोरखा अनि चितवन । ...