Tuesday, November 10, 2009

बाह्य हस्तक्षेप सह्य छैन

एक ज़माना यस्तो थियो, निगाहामा सबै नियुक्त हुन्थे, धेरै चिन्ता गर्ने कुरा रहेन, कसैको मन परियो भइयो, मन परिएन, भइएन, खेल खत्तम। त्यों जमाना त गयो अब आयो सभक्ति, सशक्ति बहुमत बोकेर सत्ता समात्ने। यसको सोझो अर्थ थियो, चुनाब जित (जसरी सुकै जिते पनि जित ) मान्छे किन या फकाऊ तर बहुमत पुर्याऊ। अनि साम, दाम, दन्ड, भेद, सुरा, सुंदरी, शयर को चंगुलमा हाम्रा देश र नेताअड्किए। अब त्यों ज़माना पनि गयो। चुनाब, चुनाब को लागि हुने भयो, कर्मचारी छन, जागीर पनि त चाहियो नि, निर्बाचन आयोगका कर्मचारीलाई।

अब भने नेपालीको राजनैतिक मक्का फेरियो। नजिकै थियो, पर सर्यो। चुनाब सकेर थान्किएका सांसद गोटी बन्न त काम लाग्ने नै भए, तर बिचाराहरू केही पनि स्वबिबेकले गर्न सक्दैनन या बिबेकनै त्यत्ति छ, अचेल त सबै निर्णय अन्तै हुन्छ। अझ नयाँ निर्णय हुन पर्यो भने त सबैलाई स्वदेशमा उपचार नहुने ब्यथा लाग्छ, अनि कोही जमीनबाट कोही आकाशबाट अस्पताल हुँदै मक्का पुग्छन। मक्का र मदीना हाम्रै छिमेकमै भए पनि बिचरा जो मदीना जान्छ, त्यसको दिनगंती सुरु भैहाल्छा। फरक के छ भने मक्का जान बिरामी हुनुपर्छ, तर मदीना जांदा फुरसदमा खेल्दै खेल्दै गए पनि हुन्छ, कुनै हतार हुन्न, किनकी त्यहाँ बाट फर्किएपछि फुर्सदै फुर्सद तर मक्का बाट आएको भोलिपल्त देखि सुरु हुन्छ माराथून । कस्तो उल्टो, खेल हेरेर आएको मान्छे पो दौडन पर्ने, अस्पताल गएर आएको मान्छे पो दौडिन्छ।

यस्तो देखेपछि अबाक भएरै होला, संयुक्त राष्ट्र संघले मक्का मदीना एकै, सब ब्रतालू मिल, तीर्थ गर, घर खाऊ भन्दिएअनि मक्कालाइ हजम भएन, बक्तब्य आयो -"बाह्य हस्तक्षेप सह्य छैन"। बाह्य हस्तक्षेपले बनेको सरकार जो छ, उसैलाई सह्य नभएपछि मदीना जानेहरु सड़कमा नाच्ने नै भए। अब मक्काका तिर्थालूहरु फर्कँदै छन, साएद त्यों नैबेद र अपुंगो (जो स्वाद न ब्याद्को हुन्छ, कलरलेस, अडर्लेस र टेस्ट्लेस) खान भन्दा अर्को ब्यथा बोकेर फेरी मक्का जान हाम्रा नेताहरु फेरी एकै चोटी बिरामी परे। गोठालो र बाघको कथा जस्तै अहिलेको बिरामी मक्का जान पक्का गरेको हो कि, अस्पतालनै हो, मलाई चाँही थाहा भएन। तर एउटा कुरा चाँही पक्का हो नेपाल र कोइराला यो उपचार गर्न मदीना चाँही जांदैनन।



2 comments:

  1. अब त खुलेआमै भन्न पनि थालेछन् मक्का मदीना हज गर्न गएको भनेर! लाजशरम कुन चराको नाम हो भन्ने भएपछि के गर्नु?

    ReplyDelete
  2. Thank you dhruba jii, ek choti dhoti khuske pachhi pachhi ke ko laj bhane jastai ho. bhaeko tehi ho. chunab harera PM bhaepachhi latale kera khan lageko jastai ho.

    ReplyDelete

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...