Sunday, June 7, 2009

बाल फूटबल

सधैं छोराले फुटबल खेलेको हेरेर ताली बजाउनमै ब्यस्त भइन्थ्यो, तर यसपाली अभिभाबक र बच्चाहरुको खेल रहेछ, भिन्दै अनुभव भयो। आफ्नै छोराहरू संग सक्कर खेलने मौका पाउंदा मन त प्रफुल्लित हुने नै भयो।अझ झन यो खेल खेल्ने मौका पाउंदा उनिहरु कम्ता खुसी भएनन। पहिला अन्तर शहरीय गेम सुरु भयो, मचा मच्ची पर्यो हार्ने बानी नपरेर नै होला, पहिल्यै चरणमा एक गोल खाएर केही खस्केको मानसिकता तब उकासे जब उनीहरूले पनी १ गोल गरी बराबरीमा पुर्याए।

अर्को शहरका टीम संग खेली सकेपछि पालो आयो आफ्नै प्यारेनट्स संग खल्ने आ-आफ्नु अभिभावकको अगाडी उभिएर ह्यान्डशेक गरे लगत्तै खेल सुरु भयो। जापानी संस्कृतिको प्रभाव भएर होला हग गर्न भने पनि मरी गए मानेका होइनन कोही पनि।
समुन्द्रको किनारमा अबस्थित सफा र मनमोहक यस खेल-उध्ध्यन पाल्म, पाइन र प्यासिफिकले मात्रै प्रख्यात नभएर रास्ट्रीय स्तरको बेसबल, र जेलिग़ को ट्रेनिंग क्याम्प पनि भएको हुनाले फुटबल खेल्ने कला जस्तो भएपनि मलाई यसले सांच्चै गौरबान्वित बनायो। त्यसैमाथि म आफ्नो एकमात्र छोरासंग खेल्दै थिएं। खुसिको असीम आंगनमा खेलेको यो गेमले न छोरालाई जितायो, न हामीलाई हरायो, खेल १-१ ले बराबरीमा टुंगियो, दुबै खुस।


No comments:

Post a Comment

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...