Sunday, May 3, 2009

को कहांको?

न मामा न भांजा
न दाई न झड्केलो भाई
नागार्जुनको छोरा
न तिम्रा भदा
न मितबा`का छोरा
नाता के पर्यो कुन्नी?
आयो लुत्तो उल्लाई
चिलायो तिमीलाई।
न जात मिल्छ
न आस्था उस्तै
स्याल बोले जस्तै
फ़र्कियौ त उतै
नाता पनि थाहा भयो
लिंग पनि थाहा भयो
आएको लुत्तो सरेको पनि थाहा भयो
संगै कन्याको
कस्तो सरम लागेको,
खयर जे हुनु थ्यो
सो भयो
बल्ल आंटेको भयो अनि थाहा भयो,
को कहाँको ?

No comments:

Post a Comment

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...