Sunday, May 3, 2009

को कहांको?

न मामा न भांजा
न दाई न झड्केलो भाई
नागार्जुनको छोरा
न तिम्रा भदा
न मितबा`का छोरा
नाता के पर्यो कुन्नी?
आयो लुत्तो उल्लाई
चिलायो तिमीलाई।
न जात मिल्छ
न आस्था उस्तै
स्याल बोले जस्तै
फ़र्कियौ त उतै
नाता पनि थाहा भयो
लिंग पनि थाहा भयो
आएको लुत्तो सरेको पनि थाहा भयो
संगै कन्याको
कस्तो सरम लागेको,
खयर जे हुनु थ्यो
सो भयो
बल्ल आंटेको भयो अनि थाहा भयो,
को कहाँको ?

No comments:

Post a Comment

Recent and most visited!

लाङ्टाङको पाप्रो, लियो हाम्रो छाप्रो!

  लाङ्टाङको पाप्रो , लियो हाम्रो छाप्रो!   तिब्बतको त्यो पखेरो , सुरु भयो दुखको दिनगन , रसुवा , नुवाकोट र धादिंग , पुग्यो गोरखा अनि चितवन । ...