लिगलिग कोटको डांडोमा संधै दौडिएर राजा हुने घलेहरुलाई उछिनेर द्रब्यशाहलाई राजा बनाउन मुरली खबास, कुलानन्द ढकाल लगाएतका ब्यक्तिहरुले जून योगदान गरे त्यों कुनै दिन पनि सम्झिएन। राज्य भने लिगलिगकोट, हर्मिकोट, अजीर्कोट हुँदै गोरखासम्म पुग्यो र अंत
त चट्टान जस्तै बलियो नेपाल पनि बन्यो। यो कार्यको जति प्रशंसा गरे पनि थोरै हुन्छ। आफ्नो बाल्यकाल,
आफ्नो
अतीत सम्झंदा जतिखेर पनि त्यही लिगलिगकोटको फेदमा मुरली खबास भएर शिलन्यास नाटकको अभिनय गरेको घटना मेरो मथिङ्गलमा घुमिहाल्छ। हामीले तिनै जीजू बाजेलाई बिर्सेर द्रब्यशाहालाई राज्यको आध्योपन्त सुम्पिएयौं, उनको राजा हुने रहर पनि पुरा भयो, समय गयो, सन्ततिले बिर्सिए। अनि त्यसैको ब्याज खाँदै शाहा बंशले हामीलाई कति लुटे, कति हेपे, त्यों थाहा पाउन हामीलाई न इतिहासको किताब खोज्नुपर्छ, न संघ्रालयको तख्ता खोतल्नु पर्छ, हामी सबैको आँखा अगाडी नाचिरहेछ। सयौ बर्ष सम्म उनकै छोराछोरीहरुले बिद्यालय नखोली बिकासको ढोका थुनेर, आफुलाई भगाबानको संतान भएको उद्घोष गरी, दुनियालाई गुम्राहामा पारी शासन गरे । कति सम्म भने तिनै ढकाल र खबासका संतानहरुसबैलाई यी त बिष्णु नै हुन है भनेर पढाइयो। धन्न हामीहरुले यी त हैनन है भन्ने आंट गर्यों, अनी उनलाई धुलो चटाएर नागार्जुन पुर्यायौं। यसरी भात्किएको राजसंस्था संगै चाकडी गर्दै र तर मार्दै आएको अर्को एउटा तप्का यो संस्था संगै आयो र ऐले यो या त्यों नाममा उसैको बफादार सेना र संस्कारलाई भर्थेग गर्न एउटा अर्को संभ्रान्त बर्ग मरिमेटेर लागेको छ। बुढी मरी भन्दा पनी काल पल्क्यो भनेर डरौन पर्ने बेलामा बुढी मरी भनेर ताली बजाउन अरु त लागे लागे, नागरिकको नैसर्गिक अधिकारको वकालत गरेर कहिले नथाक्ने भानिएका नागरिक समाजका केही पंडित पनि लागेको देख्दा कुरी कुरी लाग्छ। फेरि पनि दुनियालाई कहिल्यै नठगीने र उलटो बाटोमा नहिड्ने हो भने कटुवालले
आफ्नो जागीर जोगाउन गरेको विडियोसंगै छरेको
चारो टीप्न भन्दा जनताको नाममा सामंती संस्कार नभएको राज्यको सिलन्यास गरे हामी किन ठगिन्छौं र? अब शहीद को सपना साकार पार्न सक्षम समाजको निर्माण गर्दै नया नेपालको शिलान्यास गर्न ढीला भैसक्यो । बेलैमा सोचौ है!!

मेरो गाऊं यस्तो कहिले होला जहाँ एउटा खेलने पार्क होस, बर्लाबोटे चौर गल्फ कोर्स बनोस, बुढोचौरमा केराको ओर्कार्ड होस, अधेंरी बनमा डांफे आओस, बाटा भरी दोहोरिलत्त लालिगुरांस फुलोस, करेली थुम्का फुलको उद्यान होस, अर्चलेमा एउटा गाईको फार्म होस, अनि यो समाचार देशी भरी फैलियो भने हामी १० बर्समा कहाँ बात कहा पुगछौ।
This comment has been removed by the author.
ReplyDeletedhilo matra hoina dherai nai dhilo bhaisakyo
ReplyDelete