यस्तो लाग्छ, नेपालको सरकार चलाउन केही गारो छैन, आफै चल्छ, मात्रै यस्मा टांसिएर बस्ने कला हुनु पर्यो। मोटा मोटी हिसाब गर्दा सरकार गिराउने र टिकाउने खेलमै बर्षको सरदार ५ महिना बित्छ। बांकी ७ महिना सहमति गर्न सड़क आन्दोलन र अन्तमा सहमति गर्ने सहमति हुन्छ र त्यही सहमति पुरा गराउन आन्दोलन हुन्छ। उता कर्माचारीले २५ गते लिएको तलब छोराछोरीको बोर्डिङको फी तिरीसके पछि ठंडाराम हुन्छ। अनि सबै आ-आफ्नो लुटे धंदा चलाउन ब्यस्त। बजेट खर्च, उपलब्धि र कार्यान्वयनको कसलाई वास्ता। मोटामोटी यसरी नै हाम्रा कैयौं पन्च बर्षीय योजना सकिएका छन। ठीक त्यसै गरी स्वास्थ्य क्षेत्र पनि उपेक्षित नै रहेको कुरा पुष्टि गर्न कुनै नयाँ डाटा खोज्नु पर्दैन।
हामी स्वास्थ्यमा कति पछि छौं भन्ने कुरा जाजरकोटको झाडाबान्ताबाट भएको मृत्युले पुष्टि नै गरी सक्यो। रोग नयाँ छौन्जेल सबैलाई एक खालको डर हुन्छ, कतै यसैले हामीलाई त गाल्दैन भन्दै? त्यसैले त होला उहिले उहिले कुष्ट रोगीलाई जंगलको छेउमा नयाँ कटेरो हालेर कांडा लगाएर पर्गालेको। चेतना र औषधि आएपछि भने मान्छे अली फरक त हुने नै भयो। यही कुष्ट रोगको हाउगुजी बोकेर आएको सुंगुरे रुघा अहिले भने केही कम त्राहिमाम बनाउने गर्दछ। हुन त नेपालमा मात्रै हैन, जताततै यो रोग लागेको मान्छे पहिले अपराधी जस्तो ठानिन्थ्यो, अहिले भने सामान्य रुघा खोकी जस्तै त अल्ली हैन, रोगी र रुघालागेको मान्छेको बिचमा पर्ने गरेको छ। थोरैमा पनि कसैले आँखी भौं भने उचाल्दैनन।
हाम्रो सामाजिक परिबेश अलि फरक छ, आफ़न्त बिरामी परे सशरीर भेटना जानै पर्छ, नत्र अर्को चोटी शुभकार्यमा निम्ता नआउने पक्का। माथि भने झैं धान सान थन्क्याएपछि फुर्सतिला बनेका किसान र फुर्सदिला युबाहरू जाने भनेको तेहि सड़क नै भयो। झनै आन्दोलन भयो भने अचेल त ५०,००० -१००,००० सम्मका जुलुश, धुवां, धुलो त्यसमाथी घरमा पानी छैन, अनि जाडो याममा भाईरल फ्लू समात्न कुन आइतबार लाग्छ र ? एक जनालाई लाग्यो भने बिद्यालय नै बन्द गर्नु पर्नेमा ५०,००० जुलुस मध्धे एक जनासंग रहेछ भने अनि कुन ठामको मान्छे अछूतों बन्ला र ? फेरी पनि यो प्रकोप बन्यो भने स्वास्थ्य मंत्री यूरोप जालान, तर ती आम मानिस कहाँ जाने? दशैं मान्न घर आउनेहरुले गर्दा अहिले जसरी गुल्मी बागलुंग र अर्घाखांची हुँदै पोखरामा आयो, दशैंमा मासु नै आधा बिक्ने गरेर चितवनमा आयो, त्यसरी नै देश भरी फैलदैन भन्ने कुनै निश्चितता छैन।
त्यों भयो भने हामी के गर्छों त? माधव नेपाल प्रम रहीरहे भने टेकुमा गएर भन्लान, धैर्य गर्नुस, हार नाखानुस, मलाई हेरेर चित्त बुजाउनुस भन्लान। हुन त अहिले उनलाई पनि तेहि लागेको जस्तो छ।जे भए पनि, उनको शीघ्र स्वास्थ्यलाभको कामना! स्वास्थ्य मंत्री टॉमी फ्लू सकिएछ, म स्विट्जर्ल्यान्ड जान्छु भन्लान, अनि पाखा पखेराका बिरामीहरु आकाशे देबी भन्दै धामी झांक्रीको खोजीमा हिड्लान।
अमेरिका र जापान जस्ता देशहरुमा भने अहिले प्रकोपकै रुपमा देखिएको। जापानमा अहिले कक्षाहरु धमाधम बन्द भएका छन, बिद्यार्थी चुकुल लगाएर घरै सुतेका छन, मान्छे गनेर टॉमी फ्लूको जोहो गरेका छन, हॉस्पिटल रेस्पिरेटर सहित तयार भएर बसेका छन र खोप सुरु गरेका छन। साएद यो स्थिति अंत पनि होला, तर हाम्रोमा त्यस्तो कुनै योजना बने जस्तो लाग्दैन। बिहान एउटा दैनिकी पत्रिका पड़दा थाहा भयो, सल्लाहा यस्तो छ; 'घाँटी पनि दुख्ने, रुघाखोकी भन्दा बढी ज्वरो भएमा पनि परीक्षण र औषधी भन्दा अलग्गै राख्ने र व्यात्तिगत सरसफाई र अन्य संक्रमणबाट बच्नुपर्छ।' आशा गरौं त्यों दिन देख्न नपरोस।

No comments:
Post a Comment