Sunday, October 25, 2009

शहरका सुखी मान्छेका दुखी ज्यानहरू

सानो हुंदा फुर्सद पायो कि बिना उदेश्यका खेल खेल्ने, जंगल जाने, पौडी खेल्ने, जेनतेन समय काटने गर्दा नचाहेर पनि शरीर तंदुरुस्त र फुर्तिलो बनेको बल्ल होस आउँछ। किन हो कुन्नि, कुनै बच्चालाई नसिकाउंदा पनि खेल्न लालयित नै हुने गर्छन। प्रकृतिले नै हामीलाई चलायमान हुन त सिकाएको रहेछ, तर यो होमो स्यापिन्स भन्ने जन्तुले अचल बनाउन भरपूर सहयोग गरेकै छ। अप्राकृतिक र भौतिक सुखले मान्छेलाई एकखालको आनन्द त दियो, तर संग संगै अदृश्य रुपमा शारीरिक भद्दापन पनि थोपरी रहेको छ। खाने कुरालाई थपक्क एक ठाउँमा छोडदा, आखिर निरोगिपन र शारीरिक सुसंगठन यही शरिरको तन्काई र खुम्चाईमा निर्भर गर्दो रहेछ भन्ने कुरा निश्चित प्राय छ। श्रब्यदृश्य कोठरी(TV), गणक कोठरी(कंप्यूटर,(?)) र दृष्य खेल कोठरी(विडियो गेम)ले मान्छेलाई हुनसम्म अल्छि बनाएको छ।
पहाडमा जन्मेर हुर्केपछि मान्छे माचो नभएपनी फुर्तिलो भने हुने नै भयो। फेरी पनि आफ्नै याद आउन्छ, ३-५ किलो को झोला बोकर त्यों उकालोमा गरेको स्यांस्यां र ओरालोमा बुर्कुसी मारेर मकै छोप्न घरै आइपुगेको अस्ति नै हो कि जस्तो लाग्छ। के को हुनु नि, जुग भएछ। तर अहिले, हेरौं त, दौडिए पनि आफु बसेको कुर्ची दौडिन्छ(गाड़ी) , हिंडे पनि किबोर्ड्मा औंला हिन्ड्छ । 'हजुर्बाले घ्यू खाथे, मेरा हात सूंघ सूंघ ' भनेर नहुने।
कि हातमा किताब कि कोदालो गर्नेहरुको शारीरिक सुसंगठन नभएपनी निरोगी भने भएको देखिन्छ नै। आख़िर काम गर्न पनि त दुख नै सही, कुनै मोटिभेसन त चाहियो नि। शहरिया सामाजिक रबाफले गर्दा ग्रामीण भेगका किसान र अन्य पेशा गर्ने जनताको मानसिकतमा बिस्तारै परिबर्तन आउदैछ, जून आफैमा एउटा देशको लागि अशुभ हो। त्यसैले, अब मान्छे ग्रामीण दुःख बाट मुक्ति पाउन शहरिया दुख खेप्न तयार हुँदै छ। शहरीया दुःख भित्र कोदालो हुन्न, उकालो ओरालो हुन्न, जंगल र नदीका शुशेली हुन्न, हुन्छ त केबल ; खोल्तिको दुःख हुन्छ, फेर्ने सासको दुःख हुन्छ, बस्ने इन्चको दुःख हुन्छ। त्यों दुःख पुरानो दुःख भन्दा सुख छ किनकी यस भित्र सामाजिक रबाफ छ, केही सुकिलो, केही सजिलो, केही आनन्ददायी र सम्भाब्यता बोकेको जीबन जिउनु सबैको चाहना हुन्छ, तर अफ्सोच हामी कहाँ भएका शहरहरू दुःख बोकाएर थोरै मात्रै शारीरिक नाफा दिँदै ठडिएका छन। न हिड्नु छ (नेपाल बन्द बाहेक) न खेल्ने उध्ध्यान छ, न एथेस्ट जिम हाउस छ, न यस्मा सबैको पहुंच छ। त्यों भन्दा बढी हामी कहाँ मोटाउनु र भुंडी पाल्नु या पलाउनु सामाजिक प्रतिष्ठासंग जोडिएर आएको छ, त्यों नै ब्यक्तिगत या शारीरिक स्वास्थको लागि प्रत्युत्पादक बन्दै छ। पाखुरा र पिंडौला बराबर भएका, घुंडा सुकेका तल माथी फुकेकाहरुको सामाजिक प्रतिष्ठा हुने भएपछि सबैको जोड़ त्यसैमाहुने नै भयो।
ग्लोबल रुपमा हेर्दा साना भानिएका एशियनहरुलाई केही हुनता बोध हुने गर्थ्यो, तर जब ब्रिहत अध्ध्यन् हुँदै आयो, मोटोपन् एक सामाजिक समस्या हो न कि रबाफ भनेपछि, बल्ल हामीजस्ता मरन्च्यांसेलाई पनि राहत भएको छ। वाल-e यानिमेसन हेरेपछि ऐले मेरो छोरालाई पनि कोम्प्युटरबाट धपाउन सजिलो भएको छ। फेरी वाल-ए बन्ने? भन्यो कि पुग्यो।
आशा छ, यो दुःख, सुख र फेरी पनि दुःख को चक्र नचलोस। एक जना दाइको भनाई जति बेला पनि मथिंगलमा घुम्छ, "जुन बेलामा जति खान पनि सक्थें, त्यो बेलामा पैसा थिएन! ऐले जति खाए पनि पैसा छ, तर केही खान हुन्न।"


1 comment:

  1. रुपमा हेर्दा साना भानिएका एशियनहरुलाई केही हुनता बोध हुने गर्थ्यो, तर जब ब्रिहत अध्ध्यन् हुँदै आयो, मोटोपन् एक सामाजिक समस्या हो न कि रबाफ भनेपछि, बल्ल हामीजस्ता मरन्च्यांसेलाई पनि राहत भएको छ। वाल-e यानिमेसन हेरेपछि ऐले मेरो छोरालाई पनि कोम्प्युटरबाट धपाउन सजिलो भएको छ। फेरी वाल-ए बन्ने? भन्यो कि पु

    ReplyDelete

Recent and most visited!

अनौठो कोरोना

ढुंगा  खस्यो तलाउमा  बुहान, मिलान अनि न्युयोर्कमा  छरियो  तरंग   बिषाणुको  अनौठो कोरोना| ................. अति सुक्ष्म, दे...