हामीले बिगतको दशक र अरु केही बर्ष लडेरै बितायौं, भात्कायेरै बितायौं, र भौंतारिएरै बितायौं. हामीले बुझेको बिज्ञानले हामीलाई नया सृष्टिको लागि भात्काउन सिकाउछ, नकि पुरानो युग फर्काउन यो युग फेरी कुर्न को लागि र बिकास आउने बाटो हेर्नको लागि फेरी पनि कुर्न पर्यो भने संचै पट्यार लाग्छ, यो शास्वत सत्य नै हो यो पानी सत्य हो, यो युद्धले हामीलाई साचै आहत मात्रै हैन कि केही फल पानी दिएको छ, त्यो हो, जनस्तरमा फैलिएको चेतनाको लहर, जून यही दशकमा हाम्रा आंखाले देख़्न असंभव नै थियो. नया नामको घर पाउन हामीले धेरैको चाहना बोकेका छौं, धेरैको भरोसा बोकेका मात्रै छैनौं, धेरैको अस्मितालाई तिलांजलि दिएका छौं, धेरै घाऊ बनाएका छौं र धेरैको मन रुवाएका पनि छौं. नया घर त बन्यो, तर यसको दलिन, डांडा, भाटा फरक फरक काठको राखिएको छ, तेसैले घर बालियो या कमजोर कसको काराणले हुंदैछ भन्न पक्कै पनि गारो हुनेछ. जसरी यी दिन हेर्न हामीलाई यती सहादत र यती धैर्य गरेर मात्रै सम्भव भयो, त्यसरी नै हामीले यी बर्षलाई बिगतका बर्षसंग दाज्नलाई नै मात्रै खर्च गर्नु पर्यो भने अब साच्चै हाम्रो मन हैन, आत्मा नै रुनेछ यही आहालमा म मेरा आफ्ना भोगाई र पीडा ओकेल्न गई राखेको छु मेरो दाइले समाज परिबर्तनको लागि “म हिडें, तिमी पर्ख, हामी देखाइदिन्छौं” भन्ने बाक्य अहिले पनि सम्झदै पर्खिरहेछु.
मेरो दाई राजेंद्र प्रसाद ढकाल, जो पेशामा वकील तथा कानूनी अध्यापक, राजनितिमा निर्भिक नेता, सहित्य एबम कलामा कबि एबम प्यारोडी गायकको भूमिकामा राम्रै जम्नुभएको थियो साथै आफ्नै बहिर्मुखी तथा नेत्रित्वदायी प्रतिभाका करण हरेक छेत्रमा ससक्त उपस्थिति जनाउनु भएको कुरा पनि अबगत गराउन चाहन्छु. अफुसंगैका साथिहरु किनारा लाग्दा पनि आफ्नो परिबारको भबिश्यलाई तिलांजलि दिँदै समाज परिबर्तनको खातिर उहा आफ्नो तिन ओटा कलिला मूना र टुसाहरुलाई अर्धांगिनीको जिम्मामा छोडेर मेरो परिबार को रेख्देख गर्दिनु है भन्दै मलाई थम्थामएको दिन चाही धेरै भएको छैन जस्तो लाग्छ, तर हराएको दिन चाही एक जुग गई सक्यो, आगामी जनवरी ८ मा ठ्याक्कै एक दसक.
दाईको यी उद्दरण अजै याद आउंछ,"चर्को आश छैन र सायद गर्दैनन पनि, तर बिपत्ति पर्दा पक्कै पनि हेर्नैनै छौ, त्यों तिम्रो ल्याकतम पनि भर परला, तर यी कलिला टुसालाई हेर्ने जिम्मा तिम्लाई छोड्दै म यो समाज परिबर्तन नहुन्जेल सम्मको लागि हिडें" भन्दै समय सीमा सहित छोडेर जानु भएको दाई, आफु ता फर्कनु भएन भएन, कहिले, कसरी, कहाँ गएको हो सम्म थाहा भएन. भाग्य एक्लै लुसुक्क आउंछ, तर दुर्भाग्य लाइन लागेर आउंछ भनेजस्तै यो भन्दा अघिनै पक्राऊ खाँदै, छुट्दै र फेरी पक्राऊका चक्रमा फसेर र परिबारिक पीडाका बोझले निम्त्याएको आंधिमा यो परिबर्तनलाई आत्मासातगर्ने बात्सल्यमयी माताको प्राण पनि रहेन.
कति पर्खने? बस पर्खने पीडाका अनुभव, जागीर खोज्दै नेताका घरमा घंटी बजाउँदै कुर्ने क्षणका भुक्तभोगीका चिट्चिटाह्ट र कालगतिले मरेका आफन्तको पीडा भन्दा नितान्त भिन्दै बेदना बोकेर, आफना कामलाई समेत छोडेर अदालतका पर्खाल भीत्र भौंतारिएको, गोरु बेचेका साइनो नै सही, नाता जोड्दै थाना र गुल्मको वरिपरी फन्को मारेको, चिनजानका अधिकारीको दैलो चाहारेको पनि ठ्याक्कै दस बर्ष पुग्यो. अरु त अरु, सुन्दै कानै पाक्ने गरि चुनाब आएपछि तपाईको दाई पत्ता लगाउने जिम्मा मेरो भन्नेको हानथापले पीडा भन्दा अरू कही थपेन. घरै मुनिको पुलिसको उल्टो हप्की र दप्की सहँदै, सम्साँझै बत्ती निबाउनै पर्ने जस्तो कहर काट्दै अन्योलमा रात बिताउने ती लालाबालाको कथाको सिरानी हाल्दै उही दाईसंग कतै राँके जुलुसमा संगै हिंडेको सपना संगै रात काटन थालें. तर उता, आफु त महादेव उत्तानो पर, कसले देला वर, भनेझैं बिचरा ऐले सम्झदा पनि माया लाग्छ, त्यो पियन, जसले छिटो गर्दिन्छु, १० रूपया हजूर ! भनेको कानको भित्तामा अझै पनि ठोक्किन्छ. दिएको दिय़ै गरेको भए बरा उसको तनखा पनि बढ्थ्यो होला र म पनि सायद खरानी बेच्ने पसलको खोजीमा म भौतारिरहेको हुने थिएँ होला. आशै नभएको अदालतालाई के को पैसा ख्वाई ख्वाई चांडो गराउनु थियो र?
आफ्ना शुभेच्छुकका तर्क र हल्लाका बिश्लेषण गर्दै, फिल्टर गर्दै, दैनिक पत्रिकामा आंखा दौडाउंदै, क्याम्पस पडाउंदाका पीडाले कहिले छोडेन दाईले छोडेका ती जिम्मा पुरा गर्ने संकल्प एकातिर, आफ्नो जीवनलाई डोर्र्याउनै पर्ने दायित्व अर्को तीर, पेशा एकातिर काम अर्कैतिर, त्यही माथिको डर, भन्दै हिड्न पनि नहुने. म यो रणसंग्राममा साच्चै थिलथिलो परें. उस्तै पीडा बोकेर अदालतको छिंडींमा भेट भएकाहरुको समाज बनाउन थालियो, पत्रकार सम्मेलन गरी आफ्ना पीडा पनि सुनाइयो, हार गुहार पनि गरियो. म रशायनशास्त्रको अध्यापक, खै किन हो कुनि त्यही पत्रकार सम्मालेनमा एक जना पत्रकार मित्रलाई शंका लागेछ, अनि प्वाक्क सोधिहाले, 'तपाई नेपालीको मार्साब हो?' तेस्को केहिदीन पछि अप्रत्याशित रुपमा कामरेड प्रचन्डसंग भेट भयो र धन्यवाद पनि दिनु भयो, फेरी पनि आशै त हो, जागिहल्यो, तर अफसोच, ती दिन अझै आएनन तेसै माथि आफ्नो परिबारको दायित्व थापिएपछि, हारगुहार गर्दै ती कोसेली रूपी मुनाहरुलाई पीडै पिडाका बिच अर्को चुनामी (आर्थिक चुनामी) को आहालमा छोडेर थानकोटको आकाश छोडें. मैले न नेपाल छोडें, न कुनै दिन मेरो सपनाले नेपाल छोड्यो, न बिपनाले नै बिर्स्यो त्यो दायित्व, अनी त के चाहियो र खिचडी पाक्न? आफ्नो कामको सिलसिलामा लन्डन पुगेको बेलामा एमनेस्टी इन्टर्नेस्नलको हेड़्क्वार्टरमा पनि पुगें, आबाज ठुलो पार्न अनुरोध गरें, जसको मात्रै कारण त पक्कै पनि हैन, तर दाईको मुद्दालाई यो उचाइमा पुर्याउन चाही पक्कै नै सहयोग पुग्यो होला जस्तो लाग्छ र आबाज पुग्यो यूएन, न्युज़िल्यान्ड, अस्ट्रेलिया, अस्ट्रिया, जापान लगाएत बिश्वका अरु एमनेस्टीका थुप्रै शाखाहरु सम्म. कहिले कही तिनिहरुबाट आएका चिट्ठिले पनि केही रहत दीए जस्तो लाग्ने, अर्जेंट यक्सनको बोधार्थ नै किन नहोस अदालतको लहरों, न फुत्किएर सकियो, न बांधेर दस बर्ष भयो, द्रौपदी को सारी जस्तो जती ताने पनि नसकिने. बन्दी प्रत्यक्षीकरण को मुद्दा आफैमा प्रायोरिटीका हिसाबले नंबर १, तर लाग्यो १० बर्ष. जनवरी ८ भन्दा पहीले कमसेकम एउटा आयोग त बन्छ की भन्ने आश छ, समाज परिबर्तन गर्ने जिम्मा बोकेको पार्टीनै खटनपटन मा पुगे पछि आश त लाग्दो रहेछ, छिटो न्याय पाउन, तर खोई? पक्रेको जग्गा थाहा छ, पक्रने मान्छे थाहा छ, समय थाहा छ, पिड़्दै हिडाएको परिबेश पनि थाहा छ, संगै पक्रेका मान्छे साछीका रुपमा सर्बोच्च अदालत सम्म गएर बयान दिएका पनि छन, अनि अब हामीलाई किन कुराउनु पर्यो? मेरा दाईजस्तै बेपत्ता भएका कसैका भाई छन, कसैका बाबा छन, कसैका आमा छन, कसैका छोरा छन. प्रस्टै थाहा छ सबैको पीडा उस्तै उस्तै छ, भाबनाका हिसाबले कोही बड़ी मर्माहत भए होलान, कोही कम, तर फेरी पनि निश्चित रुपमा के कुरामा फरक छ भने परिबारको उ प्रतिको लगानी र उसबाट गरिएको अपेछ्या साथै कुर्ने समयाबधि. यो पीडा शहीद को पीडा भन्दा भिन्दै छ, किन कि आश अझै छ, मान्छे हराएको भन्दा भिन्दै छ, किनकी आफैले कर तिरेको सरकारले लएर बेपत्ता पारेको छ, दुर्घटना भन्दा झनै भिन्दै छ किनकी न आंखाले देखेको छ, न एसो नगरेको भए हुने नि भनेर चित्त बुझाउने बाटो छ. राज्य आफैले खोज्नु पर्ने कुरा हामी आफैले खोजेर जुटाएर बुझाउंदा पनि राज्यको ढीला सुस्ती बुजिनसक्नु अच्चाम्मको छ. दाई त आउने गरेर हो या नाआउने गरेर हो जानुभयो, तर पर्खने हामीहरु त छौं नि नया नेपाल पनि पुरानै चालमा हिडे पछि कसरी पुगिन्छ नया नेपालमा?

आर्थिक राहत पनि अचम्मको छ, जनयुद्दमा सरकारी तर्फका मारिने जतिले उहीले नै पाए, जनआन्दोलनकाले पनि पाए, मधेश बिद्रोहकाले पनि पाउने, अनि जनयुद्दमा ज्यान फाल्ने र बेपत्ता पारिने जतिलाई किस्ता बन्दीमा, ऐले एती लिदै गर, पुगेछ भने अर्को साल किन यस्तो पच्छेपात? कमाएर परिबार पाल्ने मान्छे हराएपछि, दोस्रो कमाउन सक्ने हैसिएतको मान्छे उसलाई नै खोज्न हिडन पर्ने भएपछि, सहीद भयो भनेर नीदाउं भने पनि नसकिने, भए पो, निद्रा नै नलाग्ने, कहिलेसम्म नाइट्मेअर संगै निदाउने? र कहिले सम्मा कुरेर बस्ने, अनि कहिलेसम्म ती मानब अपराधीलाई कारबाही हुन्छ कि भनेर पर्खने? जे भयो भयो, यत्तिका समय त कुर्यौ, अझै कुरौला, तर, बेपत्ता बनाउन थालेको एक दसक लाग्नु भन्दा पहिले नै एउटा आयोग त बनाऊ कि? कि कसो ? रह्यो न्याय को कुरा, त्यो फेरी फेरी पनि माग्दै गर्रौँला !
No comments:
Post a Comment