
But now we are celebrating dashain as:
परदेशी दशैं
खै यो पनी के दशैं?
न जूनको स्वाद छ,
न लठ्ठे पिंङ्गको रन्को
न जमराको लर्को छ
न रिङ्टे पिंङ्ग को फन्को
न त छ ध्वांस बोसो खसीको
न गर्नु नै छ नापो हाते दशैंको
न छोरो माग्छ पाइन्ट् जिनको
न दुलै माग्छे सारी रूबीको
न खुद्रा साट्नु छ
न काट्नु छ टिकट
न भ्रिकुटीको मेला
न परिबरको भेला
खसोखस धरोधर्म,
यो
न दशैं न दशा
न छोरोलाई थाहा छ
न आफुले बिर्सेको छ
कस्तो निल्नु न उकेल्नुको
न दशैं न दशा
न छोरोलाई थाहा छ
न आफुले बिर्सेको छ
कस्तो निल्नु न उकेल्नुको
यो परदेशी दशैं
न अछेता यो निर्धो ललाट्मा
न पहेलो जमरा त्यों अभागी टोपीमा,
न मातापिताको आशिष
न दाजुको फर्माएस
बीचरो रित्तो दशैं बर्सेनी आउंछ
न शुक्रे फुलपाती पर्छ
न रवि दशमी
सधैं सधैं एअरपोर्टको अध्ध्यागमनबाट क्वारेंटैनमा फेल खाँदै
सिमरा फ़र्खन्छ,
यो बीचरो परदेशी दशैं
कहिले काहीं क्यान भएर आउंछ
कहिले अनलाइनको खसी भएर आउंछ
सधैं बेलुका आउंछ,
कोजाग्रत बस्छ
बिहान सैलून पस्छ,
स्टेरिंग समात्छअनी कुलेलम ठोक्छ
यो परदेशी दशैं
रबिन्द्र प्रसाद ढकाल (आर. पी. नागबेली)
मियाजाकी, जापान
No comments:
Post a Comment